६ महिनामा विकास खर्च ७ प्रतिशत मात्र

६ महिनामा विकास खर्च ७ प्रतिशत मात्र

बझाङ : आर्थिक वर्ष २०७५।०७६ को दोस्रो चौमासिक सकिन लाग्दा पनि बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिकाले विकास बजेटको ७ प्रतिशत मात्र खर्च गरेको छ। 

विकास निर्माण योजना कार्यक्रममा छुट्याएको रकम हालसम्म खर्च नभएपछि नगरपालिकाले रकम विनियोजित गरेको योजना कार्यक्रमका सम्बन्धित उपभोक्तालाई सम्झौता गरेर रकम निकासा लिई छिटो काम गर्न ताकेता गरेको छ।


वार्षिक कुल बजेट ५१ करोड ६० लाख ९४ हजार ५ सय ३८ रहेको जयपृथ्वी नगरपालिकाको चालु खर्च ५७ प्रतिशत भएको छ भने विकास खर्च पुँजीगत ७ प्रतिशत मात्र भएको नगरपालिकाका लेखा अधिकृत लालबहादुर खातीले जानकारी दिए।

उनले भने,' आर्थिक वर्षमा वडा कार्यालयसहित नगरपालिकाबाट ४ सय भन्दा बढी योजना कार्यक्रम छन्, हालसम्म ४९ वटाको मात्र सम्झौता भएको छ।उक्त कार्यक्रममा लागि झण्डै १ करोड निकास गएको छ।'

नगरपालिकाभित्र आएका प्रदेश सरकार र संघ सरकारबाट योजनाको काम हुन बाँकी रहेको उनको भनाई छ।  जयपृथ्वी नगरपालिकाका कर्मचारीको तलब, कार्यालय खर्च र सामाजिक सुरक्षा भत्तासहितको यस वर्षको चालु २५ करोड २५ लाख ३ हजार ५ सयमध्ये १८ करोड १ लाख ४६ हजार खर्च भएको छ। विकास ( पुँजिगत) खर्चमा २० करोड ३५ लाख ४१हजारमा १ करोड ४४ लाख ४४ हजार मात्र खर्च भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाबाट संचालन हुने नगरक्षेत्र पूर्वाधार गरिबसँग विश्वेश्वर कार्यक्रम, बहु क्षेत्रीय पोषण , युनिसेफलगायत अन्य सानातिना योजना र कार्यक्रमको पनि अहिलेसम्म संझौता भएको छैन। आइतबार भएको जयपृथ्वी नगरपालिकाको तेस्रो नगरसभामा पनि पुँजीगत खर्च कम भएकोमा यसलाई बढाउनु पर्नेमा जोड दिइएको थियो।

'आर्थिक वर्ष सकिन अब चार पाँच महिना मात्र बाँकी छन्, हालसम्म 7 प्रतिशत मात्र बजेट खर्च भएको छ जयपृथ्वी नगरपालिका प्रमुख विरेन्द्र खड्काले भने,' यसका लागि वडाअध्यक्ष वडासदस्यसहित सबै नगर भित्रका जनप्रतिनिधिलाई उपभोक्तालाई ताकेता गरी योजना कार्यक्रमको सम्झौताअनुसार पैंसा लिएर काम गराउनुहोस्।'
  
नगरपालिकाले यस अगाडी पनि कार्यक्रम योजना संचालन गर्नका लागि उपभोक्तालाई पटकपटक सम्झौता गर्न सूचना जारी गरेको थियो।तर उपभोक्ताबाटै बेवास्था भएको नगरपालिकाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.