तिलागुफामा बाल पोषण सुधार अभियान

तिलागुफामा बाल पोषण सुधार अभियान

कालिकोट : कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा बाल पोषण सुधार अभियान थालिएको छ। सेभ द चिल्डेन र भिडिसेफ नेपालको साझेदारी तथा तिलागुफा नगरपालिकाको समन्वयमा नगरमा संचालन गरिएको शुभारम्भ परियोजनामार्फत बाल पोषण सुधार अभियान थालिएको हो। 

भिडिसेफ नेपालका अध्यक्ष मिनबहादुर बोगटीको अध्यक्षता, तिलागुफा नगर प्रमुख रतनबहादुर शाहीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख दर्शना नेपालीको विशेष आतिथ्यतामा भएको शुभारम्भ तथा युवा सशक्तिकरण परियोजनाको परिचयात्मक कार्यक्रममा नगरभित्र रहेका तीन वर्षमुनिका बालबालिकाको कुपोषणको समस्या न्युनिकरण गर्न प्रभावकारी अभियान थालिने घोषणा गरिएको छ।

कार्यक्रममा नगर प्रमुख रतनबहादुर शाहीले सेभ द चिल्डेन, भिडिसेफ नेपालको सहयोगमा तिलागुफा नगरपालिकामा रहेका ३ वर्षमुनिका सबै बालबालिकालाई कुपोषणमुक्त बनाइने बताए। उनले नगरको भविश्य नै अहिलेका बालबालिकाको बताउँदै यसका लागि प्रभावकारी अभियान थालिने बताए। 

कार्यक्रममा नगर उपप्रमुख दर्शना नेपालीले नगरका ग्रामिण समुदयमा रहेको अशिक्षा, जनचेतनाको अभाव, परम्परागत कुसंस्कार, अभिभावकको लापरबाही, कामको चाँपलगायतका समस्याका कारण अधिकांश बालबालिकामा कुपोषणको समस्या रहेको बताउँदै यसका लागि सबैको सामुहिक अभियान आवश्यक रहेको बताइन्। उनले नागरिकमा गर्भवती अवस्थादेखि बच्चा तीन वर्ष नपुगेसम्म गर्नुपर्ने स्याहार, स्वास्थ्य उपचार लगायतका विषयमा जचेतना जोगाउनुपर्ने बताइन्। 

कार्यक्रममा सेभ द चिल्डेनका प्रतिनिधि अरुणकान्त पौडेलले विभिन्न तथ्यांकलाई केलाएर हेर्दा जिल्लाको तिलागुफा नगरपालिकामा तीन सुनौला हजार दिनका बालबालिकामा कुपोषणको समस्या धेरै रहेको र अन्य स्वास्थ्य क्षेत्रका सुचकमा पनि पछाडी परेकाले त्यहाँ शुभारम्भ परियोजना लागु भएको बताए।

उनले शुभारम्भ परियोजनाले गर्भवतीको नियमित स्वास्थ्य जाँच, नगरभित्र रहेका प्रसूतिगृहरुको मर्मत सुधार, स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधिको क्षमता विकास, स्थानीय रैथाने बालीकोबाट बनेका परिकारको प्रयोगलाई जोड दिने बताए। 

जिल्लाको तिलागुफा नगरपालिकामा गर्भवती महिलामा नियमित चारपटकम्म  गर्भ जाँच गराउने महिला ३७ प्रतिशत मात्र छन्। शुभारम्भ परियोजना संयोजक सन्ध्या सुवेदीका अनुसार झण्डै ३० प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुन्छन्। उनले भनिन्, ' बाल विवाह र बहुविवाहको समस्या पनि धेरै छ। यो परियोजनाले स्वास्थ्य शिक्षा, पोषण र बाल संरक्षणका क्षेत्रमा सुधार ल्याउने क्रियाकलाप गर्नेछ।'

उनले यो परियोजनाले दुई वर्षमा स्वास्थ्य संस्थामा नियमित चारपटक जाँच गर्ने महिलामा ५० प्रतिशतले वृद्धि गर्ने, स्वास्थ्य संस्थाको मर्मत सम्भार, अत्यावश्यक सामाग्री वितरण, कुपोषित बालबालिकाको पहिचान र उपचार सेवा दिने बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.