‘अरुण तेस्रोमा आक्रमण गर्ने आतंककारी, लगानी सम्मेलन भाँड्ने खेल’

‘अरुण तेस्रोमा आक्रमण गर्ने आतंककारी, लगानी सम्मेलन भाँड्ने खेल’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुन लागेको लगानी सम्मेलन भाँड्ने नियतका साथ संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालयमा आक्रमण भएको बताएका छन् । 

सोमबार गृहमन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले देशमा फेरि द्वन्द्व उद्योग मच्चाउन खोजिएको गुनासो गरेका छन् । 

‘केही दिनअघि मात्रै अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालय र निर्माणमा प्रयो गरिएका मेसिनमा आक्रमण भएको छ’, ओलीले भने, ‘त्यहाँ एउटा आयोजनाको मेसिन र कार्यालय तोडफोड गरिएको मात्रै होइन, नेपालको विकासलाई रोक्ने खेल पनि भएको हो ।’

प्रधानमन्त्री ओलीले अरुण तेस्रोमा आक्रमण गर्नेलाई आतंककारीको संज्ञा दिए । ‘अरुण तेस्रोमा आक्रमण आतंककारी क्रियाकलाप हो । यो जनविरोधी र राज्यविरोधी गतिविधि हो’, ओलीले गम्भीर हुँदै भने, ‘नेपालमा विद्युतीकरण हुनुहुँदैन, ऊर्जा उत्पादन हुनुहँदैन, देश विकास हुनुहुँदैन भन्नेले यस्तो गरेका हुन् । नेपालमा हुन लागेको वैदेशिक सम्मेलन रोक्न यो कार्य भएको हो । नेपाललाई अन्धकार युगमा राख्ने नियतका साथ गरिएको यो अपराधिक कृयाकलाप पनि हो ।’ 

प्रधानमन्त्री ओलीले चन्दाका नाममा देशमा लुटतन्त्र मच्चाउनेहरु सक्रिय रहेको पनि टिप्पणी गरे । ‘देशको विकासमा अवरोध गर्ने खालका प्रवृत्ति अहिले पनि प्रकट भएका छन्’, ओलीले भने, ‘तर हामी ती कुरामा गम्भीर छौँ, देश विकासका बाधाहरु पन्छाउँदै अघि बढ्दैछौँ ।’ 

प्रधानमन्त्री ओलीले नेपालमा लामो समय द्वन्द्वका बिजनेस चलाउन खोजिएको पनि आरोप लगाए । ‘हाम्रोमा लामो समयसम्म द्वन्द्व बिजनेस चलाउन खोजियो, हाम्रो प्रयासमा अब द्वन्द्व उद्योग बन्द भइसकेका छन्’, ओलीले अगाडि भने, ‘आफ्नो ढंगले समस्याको समाधान गरिएको हो । हाम्रा वैदेशिक मामिला स्वतन्त्र ढंगले चल्छन्, त्यहीकारण हामी यहाँ उभिएका छौँ ।’

अहिले पनि देशमा उत्तिकै चुनौती रहेको ओलीले बताए । ‘अहिले पनि उत्तिकै चुनौती छन् हामीमाझ् । जनतामा निराशा बढाउने कोशिश भइरहेको छ । यो सरकार गतिलो भएन भने अर्को सरकार बनाउने बाटो छ, व्यवस्था गलत छ भने संविधान फेर्ने अधिकार पनि छ’, ओलीले थपे, ‘जनतामा फेरि पनि अन्योल र निराशा फैल्याइँदैछ, नेपाल अघि बढ्दैन भनेर निराशा बढाउने स्वार्थी प्रयास भइरहेका छन् । प्रधानमन्त्री मन्त्री मन नपरे फेर्न सकिन्छ, दल मन नपरेर फेर्न सकिन्छ तर कानुनी विधिबाट ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.