आर्मीका हवल्दार खत्रीलाई प्रथम क्रस कन्ट्रीको उपाधि

आर्मीका हवल्दार खत्रीलाई प्रथम क्रस कन्ट्रीको उपाधि

स्याङ्जा : सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चद्वारा आयोजित प्रथम क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका राजन खत्रीले जितेका छन् । नेपाल आर्मीका हवल्दार ३५ वर्षीय खत्रीले ३१ किलोमिटर खुला दौड ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै १ घण्टा ५७ मिनेट ५९ सेकेन्डमा पार गरेका हुन् । 

पुतलीबजार नगरपालिका–९ कोल्मामा आयोजित प्रतियोगिताको उपाधिसँगै ओखलढुङ्गाका खत्रीले ५० हजार नगद जिते । यसअघि पनि खत्रीले विभिन्न दौड प्रतियोगितामा स्वर्ण पदक पाएको बताए । 

यसैगरी स्याङ्जाका भिरकोट नगरपालिका–५ का १९ बर्षिय अशोक थापा दोश्रो भए । उनले २ घण्टा ३ मिनेट ३१ सेकेण्डमा दौड पुरा गर्दै ४० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेका छन् । 

जुम्लाका धिरबहादुर बुढाले तेस्रो स्थानसहित ३० हजार नगद तथा शिल्ड मेडल र प्रमाण पत्र हात पार्न सफल भए । बुढाले दौड २ घण्टा १० मिनेट ३ सेकेण्डमा पुरा गरे । 

यस्तैगरी, अण्डर २१ वर्ष १४ किलोमिटर दौडमा पुतलीबजार नगरपालिकाका कमलप्रसाद क्षेत्री प्रथम भएका छन् । उनले पनि ६४ जनालाई पछि पार्दै १ घण्टा १४ मिनेट ५२ सेकेण्डमा दौड पुरागरी २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । 

एक घण्टा १५ मिनेट ५२ मिनेटमा दौड पुरा गर्दै भिरकोटकै गणेश गुरुङले दोस्रो स्थानसहित १५ हजार नगद र बिरुवाका रुद्रबहादुर भुजेलले १ घण्टा १७ मिनट २३ दौड पुरा गर्दै तेस्रो स्थान सहित १० नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । 

स्याङ्जाको पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिकासहित तनहुँको शुक्लागण्डकी नगरपालिकाका पछाडि परेका बस्तीहरुलाई खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले प्रतियोगिता गरेको हो । 

दौड प्रतियोगिता कोल्माबाट शुरु भई काउले, डाडाँथर, राइपुर, नाम्चे, काल्खु, खुदी, हुदै पुन कोल्मा आएर समापन भएको थियो । प्रतियोगितामा बिजेता तथा सहभागी धावकलाई प्रतिनिधी सभा सदस्य नारायणप्रसाद मरासिनीले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.