नेविसंघ सभापति महरले दिए राजीनामा
काठमाडौँः नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेको सानेपास्थित कार्यालयमा पुगेर महरले राजीनामा पत्र देउवालाई बुझाएका हुन् ।
महर ११ औँ महाधिवेशनबाट नेविसंघ सभापति भएका थिए । उनको दुई वर्षे कार्यकाल पुरा भएर पनि ५ महिना बढी भइसकेको छ ।
आफ्नो कार्यकाल सकिएर पनि १२ औँ महाधिवेशन गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला महरको राजीनामा आएको हो ।
महरले नेविसंघलाई लिएर मातृपार्टी भित्र पनि फरक फरक मत भएपछि राजीनामा दिनुपरेको बताएका छन् । नेविसंघको महाधिवेश दुई पटकसम्म गर्ने तयारी भए पनि महर असफल भएका थिए ।