हिउँ पन्छाउन नसक्दा मनाङमा तीन सातादेखि ढुवानी ठप्प

हिउँ पन्छाउन नसक्दा मनाङमा तीन सातादेखि ढुवानी ठप्प

बेसीसहर : तीन सातादेखि परेको झरी र हिमपात रोकिए पनि हिउँ नपग्लिदा मनाङमा यातायात सेवा ठप्प भएको छ। हिमपातको पहिरो र ढलेका रुखले सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्ति हुन सकेको छैन्।तीन सातायता मनाङमा सवारी आवागमन ठप्प छ। लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको दानाक्युसम्म मुस्किलले सवारी चलेका छन्। दानाक्युदेखि माथि सवारी जान नसकेको सवारी चालक यम गुरुङले बताए।

हिउँ वर्षाले तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोला नजिकै ठूलठूला ढुंगा पल्टिँदा बाटो अवरुद्ध भएको छ। हिउँ नपग्लिएकाले हिँड्नलाई समेत बाटो छैन। यातायात नचल्दा मनाङ ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन्।

स्थानीयले यसअघि राखिएको मौजात खाद्यान्न प्रयोग गरेका छन्। हरियो तरकारी, गोलभेडा, मासुलगायत सामाग्रीको भने अभाव भएको छ। दानाक्युबाट बोकाएर लगेको सामान तिमाङ, चामे र ढिकुरपोखरीमै सकिँदा माथिल्लो क्षेत्रसम्म पुग्न सकेको छैन्। सवारी रोकिए पनि दैनिक १०÷१५ जना पर्यटक हिँडेरै मनाङ पुग्ने गरेका छन्।

घरेलु विकास समितिका उद्योग अधिकृत प्रदीप न्यौपानेले सवारी नचल्दा दानाक्युदेखि चामेसम्म हिँड्न पाँच घण्टा लागेको बताए। चामेदेखि मनाङसम्म सवारीसाधनमा साढे २ घण्टामा आइपुग्ने अहिले २ दिन हिँड्न बाध्य छन्। 'हिउँमा चिप्लिएर हिँड्नै गाह्रो छ।'

गौरी शंकर आधारभुत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले भने, 'हिउँ पर्नु अघि नै खाद्यान्न ल्याएकाले अहिले खान पाइएको छ।''तीन साता भयो तरकारी देख्न पाएको छैन,' सिटिजन बैंक चामेका प्रबन्धक रवीन्द्र पोख्रेलले भने, 'घरबाट ल्याएको गुन्द्रुक भट्ट थियो र साँझ बिहान त्यही खाइराखेको छु।' गण्डकी विकास बैंक चामे शाखाका प्रबन्धक विश्वराज पौडेलकाअनुसार हिमपातले पानी जम्दा खानेपानीको पनि समस्या भएको छ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार हिउँ नपग्लिदासम्म सवारी साधन गुड्न सक्ने अवस्था छैन। प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार सडक कार्यालय दमौलीको सहयोगमा स्याक्र्यु खोलाको ढुंगा फुटाएर पहिरो हटाउने तयारी गरिएको छ। 

सरकारी कार्यालयदेखि बजारसम्म आउजाउ गर्न सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी हिउँ पन्छाएर बाटो खुलाइएको प्रजिअ देवकोटाले बताए।यातायात नचले पनि तत्कालका लागि जिल्लामा खाद्यान्न अभाव नभएको उनले बताए। 'गाडी चल्न सकेको त छैन्, बोकाएरै भएपनि खाद्यान्न ल्याएका छन्,' प्रजिअ देवकोटाले भने, 'गाडीबाट ढुवानी रोकिए पनि अभावै भने भएको छैन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.