चित्रबहादुर केसी भन्छन् : हिन्दुराज्य सहित राजा फर्काउने षड्यन्त्र हुँदैछ

चित्रबहादुर केसी भन्छन् : हिन्दुराज्य सहित राजा फर्काउने षड्यन्त्र हुँदैछ

पाल्पा : राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्र हटाएर राजतन्त्र फर्काउने चलखेल सुरु भएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेललाई सम्बोधन गर्दै अध्यक्ष केसीले हिन्दु राज्यसहितको राजतन्त्र फर्काउन नेपाली कांग्रेस सहमत भइसकेको, राजतन्त्र फर्काउने विषयमा राप्रपामा एकीकरण सुरु भएको र छिमेकी भारतीय जनता पार्टीले विभिन्न गतिविधि मार्फत  राजतन्त्र फर्काउने चलखेल सुरु गरेको उनको दावी छ ।

तर राजनीतिक दलले गल्ती गर्दैमा गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरे । यसका लागि सबै जनता सचेत हुनपर्ने पनि उनको आग्रह थियो ।

दुईतिहाईको वामपन्थी सरकार भए पनि जनताको अपेक्षा र चाहना अनुसार काम गर्न नसकेको, भष्ट्राचार बढेको, शुसासन कायम हुन नसकेको, महंगी बढेकाले जनता सकारप्रति रुष्ट बन्दैगएको उनको भनाइ थियो ।

पूर्वमन्त्री समेत रहेका नेता केसीले नेपालजस्तो सानो मुलुलको लागि संघीयता अभिषाप रहेको दोहोर्याए । साथै संघीयताकै कारण देशको अर्थतन्त्र ओरालो लागेको, जनताको ढाड भाँच्ने गरी कर बढेको, सिंहदरबारमा मात्र हुने भष्ट्राचार, प्रदेश र स्थानीय तहमा सरेको भन्दै संघीयता खारेज नभए कुनै दिन संघीयताकै कारणले देश नै खारेज हुने पिडादायी अवस्था आउने उनको चेतावनी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.