अवैध रुपमा भारततर्फ गाई लैजाने तीनजना पक्राउ

अवैध रुपमा भारततर्फ गाई लैजाने तीनजना पक्राउ

राजविराज : खुला सीमा नाकाको फाइदा उठाउँदै अवैध रुपमा भारततर्फ गाई लैजाँदै गरेको अवस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार प्रहरीले पाँचवटा गाई र चारवटा गोरु पनि नियन्त्रणमा लिएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ बाट प्रहरीले गएराति पक्राउ गरेको जनाएको छ ।

नेपालबाट भारततर्फ ओसारपसार गर्न प्रतिबन्ध गरिएका गाई र गोरु भारत लैजाँदै गर्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ का ४२ वर्षीय उमेश राम, ३० वर्षीय सुनिल पण्डित र ४२ वर्षीय बिशु पण्डितलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी राजेन्द्र विष्टका अनुसार उनीहरुलाई प्रहरी चौकी तिलाठीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

एक साताअघि जिल्लाको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोला नजिकबाट ४९ वटा गाई, १२ वटा गोरु, तीन बाछी र एक बाछा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लगत्तै तिलाठी कोइलाडी–३ बाट दुई गोरु, गत माघ ६ गते राजगढ गाउँपालिका–१ झुटकीबाट दुई गाई, पुस २५ गते चार गोरु, कात्तिक ४ गते पाँच गाई र एक गोरु, भदौ १ गते विष्णुपुर गाउँपालिका–५ बाट १७ गाई नियन्त्रणमा लिएको थियो ।

सप्तरीको विभिन्न नाका भएर सीमावर्ती भारतीय बजारतर्फ अवैध रुपमा दैनिक राष्ट्रिय जनावर गाईको तस्करी हुँदैआएको छ ।

सशस्त्र प्रहरीले गत असोज २० गते राजगढ गाउँपालिका–१ झुटकीबाट ६२ गाई र आठ गोरु नियन्त्रणमा लिएको थियो । त्यसबाहेक फाटफुट रुपमा गाईगोरु बरामद हुने गरेका छन् । पछिल्लो एक वर्षमा सशस्त्र प्रहरीले ९६ गाई र ९१ गोरु नियन्त्रणमा लिएको बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.