भारतको लोकसभा चुनाव नजिकिँदा जनकपुरमा सीमा सुरक्षा बैठक

भारतको लोकसभा चुनाव नजिकिँदा जनकपुरमा सीमा सुरक्षा बैठक

जनकपुरधाम : भारतको आसन्न लोकसाभा चुनावलाई लक्षित गरी जनकपुरमा नेपाल–भारत सीमा सुरक्षा बैठक बसेको छ।

सोमबार जनकपुरको एक होटलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र भारतको बिहार राज्यको मधुबनी जिल्लाका डीएम सशक्त कपिल अशोकको संयोजनमा बैठक बसेको हो।

बैठकमा भारतमो लोकसभा चुनावका क्रममा सीमाक्षेत्रमा सुरक्षा व्यवस्थापनका विषयमा विशेष छलफल भएको थियो। सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा गस्ती, आपराधिक गतिविधि रोकथाम, नक्कली रुपैयाँ ओसारपोसर, लागु औषध नियन्त्रण, मदिरा नियन्त्रण लगायत विषयमा समझदारी भएको धनुषाका प्रजिअ कणेलले जानकारी गराएका छन्।

बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी गरी प्रदेश २ का चार जिल्लाबाट प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुको उपस्थिति थियो।

यो वर्ष अप्रिल-मे महिनामा भारतमा लोकसभा चुनाव तय भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.