दण्ड होइन नियन्त्रणविधिबाट भ्रष्टाचार अन्त्य

दण्ड होइन नियन्त्रणविधिबाट भ्रष्टाचार अन्त्य

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले दण्ड भन्दा नियन्त्रण विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताएका छन्। राष्ट्र प्रमुख र सरकार प्रमुखले भ्रष्टचारलाई शुन्य शहनशीलताको नीतिमा अडेर निमिट्यान्न पार्नुपर्नेमा जोड दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसमा सोमबार सशस्त्र प्रहरी परिसर हलचोकमा आयोजित कार्यक्रममा उनीहरूको जोड दियो, ‘भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्ति अन्त्य गर्न नियन्त्रणका लागि काम गर्ने सबै निकाय चनाखो हुनुपर्छ।’

भगवान कृष्णले एक पटक दिएको प्रवचनबाट गीता नै बन्यो त्यस्ता भगवान पनि समाजका शत्रूलाई दण्ड दिन न्यायको पक्षमा उभिन चक्र नै बोहेर हिँड्नु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने।

भ्रष्टाचार भ्रष्टहरूको पनि शत्रु भएकोले यो कतै नछिप्ने उनको भनाइ छ। कसैले पनि भ्रष्टचारलाई नलुकाउनु भन्दै आफ्नै मन र परिवारलाई ढाँट्न नसक्ने हुनाले भ्रष्टहरू लुक्न–छिप्न सम्भव नै नहुने पनि बताए। कसैले भ्रष्टचारलाई लुकाउन खोज्छ भने त्यो कारबाहीको दायरामा आउने निश्चित छ, उनले भने, ‘सरकारका सबै निकायलाई भ्रष्टाचार मुक्त बनाउन अख्तियारलाई सबै पक्षबाट सहयोग हुनेछ।’

प्रधानमन्त्रीले भ्रष्टचारकै कारण मुलुकको विकास हुन नसकेको र विश्व मञ्चमा हामी आत्मग्लानी गर्दै सहभागी हुन परेको तितो अनुभव स्मरण गरे।

कुनै पनि मुलुकको आन्तरिक स्वच्छता मापन लोकतन्त्र, पारदर्शीता र सदाचारको वास्तविकता नियालेर गरिन्छ उनले भने, ‘जनप्रतिनिधि, राज्यका विभिन्न अंग र कर्मचारीको आचरणबाट पनि त्यस्तो मापन हुन्छ।’

हरेक मुलुकको भ्रष्टचारको मापन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संस्था रहने हुनाले नेपालको पनि मापन भइरहेको र त्यसमा हामी पछि पर्दा विश्वमञ्चमा लज्जा ब्यहोर्न पर्ने सुनाए।

राज्यको शासन प्रणालीसँगै यहाँको भ्रष्टाचार र सदाचारसमेत मूल्यांकन हुने हुनाले यसमा हामी सचेत बन्नै पर्नेमा जोड दिँदै उनले भने, ‘नेपाललाई गरिबीबाट माथि उकास्न भ्रष्टचारीको जालो चिर्नु पर्छ।’

राष्ट्रपति भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिवद्धता आवश्यक रहने बताइन्। भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलगाउन मुलुकबाट भ्रष्टाचारजन्य प्रवृत्तीलाई चाँडो समाप्त पार्न आवशयक रहेको राष्ट्रपतिले बताइन्। भ्रष्टचार विष वृक्ष जस्तै फैलने हुनाले यसलाई समाप्त पार्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘भ्रष्टाचार सबैका लागि पीडादायी विषय हो। यो विष वृक्षको एक रुप हो। जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुने हँुदा यसको निर्मूलीकरण आवश्य छ।’

सबैको समन्वयात्मक प्रयासबाट मात्र भ्रष्टाचर नियन्त्रण हुने उनले बताइन्। नियन्त्रणका लागि नयाँ प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासको अनुकरण पनि आवश्यक रहेको उनको धारणा छ। गैरकानुनी तवरबाट आर्जित धन सम्पत्ति क्षणिक हुने भए पनि त्यसप्रतिको लालसाले मुलुक र समाज विछिप्त भएको पनि उनले बताइन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षमा सुक्ष्म निगरानी राखेर नयाँ प्रविधिको प्रयोग गरिने बताए। उनले सबैको साथमा भ्रष्टचार नियन्त्रण गर्न सकिने आशा पनि व्यक्त गरे।

सार्वजनिक सेवा र खरिद प्रक्रिया मात्र होइन निर्माण गरिने संचचना कानुन अनुसार भए भ्रष्टाचार स्वत : निवारण हुने घिमिरको धारणा थियो।

अख्तियार विकास निर्माणको बाधक नभइ सहयोगी भएको बताउँदै उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनाको काम अनुकरणीय हुनुपर्ने मान्यताका आधारमा निगरानी राखेको हो।’

कार्यक्रममा आयोगका उत्कृष्ठ कर्मचारीलाई पुरस्कार र प्रमाणपत्र राष्ट्रपति भण्डारीले प्रदान गरिन् भने प्रधानमन्त्रीले विद्यालय स्तरमा गरिएको वतृत्वकला र कविता प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.