महासमितिको सुझावमा केन्द्रीय समिति विभाजित

महासमितिको सुझावमा केन्द्रीय समिति विभाजित

काठमाडौं : महासमिति बैठकले पारित गरेका विषयमा कतिपय केन्द्रीय सदस्यले नै फरक मत राखेपछि कांग्रेसले अझै विधानलाई अन्तिम रूप दिन सकेको छैन। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने महासमिति बैठकको सुझावमा फरक मत आएको हो।

‘महासमितिको निर्णय नमान्ने हो भने केन्द्रीय समिति र पार्टी कार्यकर्ताबीचको दूरी बढेर जान्छ’, सोमबारको बैठकमा केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले भने, ‘यसले पार्टीलाई हित गर्दैन। केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुने गरी नै विधानमा समेटिनुपर्छ।’ विधानमा एउटा वडाबाट १५ जना प्रतिनिधि निर्वाचित गर्नुपर्ने व्यवस्था राख्न सुझाव दिइएको छ। यसअघि कांग्रेसमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचनबाट नभई सिधै महाधिवेशन प्रतिनिधि हुन पाउने विधानमा व्यवस्था थियो।

‘केन्द्रीय सदस्यजस्तो व्यक्ति वडामा यति धेरै प्रतिनिधिबीच निर्वाचित नहुने भन्ने नै हुँदैन’, बडुले बैठकमा भने, ‘किन हामी तल्लो तहबाट निर्वाचित भएर आउन डराउने ? यसले त संगठनलाई नै फाइदा गर्छ।’

महासमिति बैठकको सुझावलाई समेटेर परिमार्जिनसहित विधान पारित गर्न कांग्रेस केन्द्रीय समितिको बैठक पटक पटक बसे पनि सदस्यकै फरक मतका कारण विधानलाई टुंगोमा पुर्‍याउन नसकेको हो। यस्तै केन्द्रीय समितिमा आरक्षणका विषयमा पनि नेताहरूबीच नै फरक धारणा आएको छ। महासमिति बैठकले एक पटक आरक्षण पाइसकेको व्यक्तिलाई फेरी सोही पदमा आरक्षण दिन नहुने सुझाव दिएको थियो। अधिकांश नेताले संविधान अनुसार पार्टीको विधानलाई टुंगोमा पुर्‍याउन ढिलाइ गर्न नहुनेमा जोड दिएका छन्। क्रियाशील सदस्यताका आधारमा आरक्षणको व्यवस्था गर्ने कि जनसंख्याका आधारमा भन्ने विषयमा पनि पार्टीमा मतभेद देखिएको छ।

केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले समावेशीतालाई मनोनयनका रूपमा नबुझ्न आग्रह गरे। ‘समावेशीको विषय सोही क्लस्टरका व्यक्तिबीच प्रतिस्पर्धा हुने हो, त्यसकारण यसमा हामीले रोक लगाउनु हुँदैन’, उनले भने। अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दू राष्ट्रलाई पार्टीले आत्मसात गर्नुपर्नेमा जोड दिए। उनले महासमिति बैठकमा बहुमत सदस्यले हिन्दुराष्ट्रका पक्षमा हस्ताक्षर गरेको उल्लेख गर्दै पार्टीले यसलाई नजरअन्दाज गर्न नुहने बताए। महासमिति बैठकमा पेश गरिएको राजनीतिक प्रस्तावलाई पनि केन्द्रीय सदस्यले परिमार्जन गर्नुपर्ने धारणा राखेका छन्।

महरको राजीनामा स्वीकृत

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। उनले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए। उनको राजीनामा सभापति देउवाले स्वीकृत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। समयमै नेविसंघको महाधिवेशन गर्न नसकेको भन्दै पार्टी नेताहरूले उनलाई राजीनामा गर्न दबाब दिँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.