मदिरालयको मज्जा

मदिरालयको मज्जा

सात वर्ष कोरिया बसेर अघिल्लो महिना स्वदेश फर्केका झापाका सुमन पौडेलले यसपालि काठमाडौं घुम्ने मौका पाए। साथीभाइसँग रमाइलो गरे, उनीहरूकै मागअनुसार दुई, चार पटक मदिरासहितको ट्रिटसमेत दिए। सामाखुसी बस्दै आएका उनी सपिङ गर्न गोंगबुस्थित बिजी मल पुग्छन्। साँझ यही मलको ‘बसिल क्याफे एन्ड लन्च- मा समय बिताउँछन्। रोजाइको मदिरा पिउँछन् र फर्किन्छन्।

‘सपिङ मलमा धेरै सामान एउटै छानामुनि पाइन्छ। समयको बचत हुनुका साथै पारिवारिक वातावरणमा रम्न पाइन्छ। रोजाइका खानेकुरा एकै ठाउँमा पाइने र सुरक्षाको पनि महसुस हुने हुँदा आइरहन्छु।- उनले भने, ‘कहिलेकाहीँ श्रीमती र भाइबहिनी पनि लिएर आउँछु।-

साँझको समयमा नेपाली, हिन्दी र अंग्रेजी गीत सुन्दै मदिराको स्वादमा झुम्न हरेक उमेरसमूहका आउँछन्। विदेश जाने र विदेशबाट फर्किनेको संख्या पनि उत्तिकै हुने त्यहाँ कार्यरत हरि अधिकारीको भनाइ छ। ‘हाम्रोमा लोकलदेखि इपोर्टेड सबै खाले मदिरा पाइन्छ। जाडो याममा रम र ब्रान्डीका आइटम धेरै चल्छन्-, उनले भने, ‘महँगोमा ब्लु लेभलसम्म उपलब्ध छ।

क्याफेको वातावरण पारिवारिक बनाउन हरसम्भव प्रयास गरिएको बताउँछन्, सुपरभाइजर अमरबहादुर परियार। केही समयअघिसम्म नियमित साँझ म्युजिक ब्यान्डको लाइभ प्रस्तुति दिने गरिएको भए पनि हिजोआज विशेष इभेन्टमा विशेष कार्यक्रम आयोजना गरिने उनको भनाइ छ। नजकिँदै गरेको ‘भ्यालेन्टाइन डे- मा ‘तृष्णा ब्यान्ड- को विशेष प्रस्तुति रहने उनी बताउँछन्।

केही महिनायता उपत्यका बाहिरका जिल्लाबाट आउने ग्राहकको संख्या घटेको बताउँछन् परियार। ‘राहदानी बनाउनेदेखि श्रम स्वीकृति दिने कार्यालय स्थानीय स्तरमै खुलेका छन्। यसले मान्छेको आवत्जावत घटेको छ। यस्ले रेस्टुरेन्ट होटल व्यवसायमा असर पर्न थालेको छ।-

चाबहिलस्थित के एल टावरमा रहेको ‘हाइभ लाउन्ज- मा संगीतमा रमाउँदै मदिरा पिउन आउने प्रायः सहरिया बढी छन्। राति १२ बजेसम्म विभिन्न म्युजिक ब्यान्डको लाइभ प्रस्तुतिसमेत हुने भएकाले युवा पनि उत्तिकै आउँछन्। विशेष इभेन्टमा विशेष प्रस्तुति दिने गरिएको बताउँछन् त्यहाँ कार्यरत पासाङ शेर्पा। ‘बिदाको दिन ग्राहकको संख्या उल्लेख्य हुन्छ। परिवारै आएर रमाइलो गर्ने पनि धेरै छन्। उनीहरू गजल सुन्न चाहन्छन्-, उनले भने, ‘लोकलदेखि इर्पोटेड सबै ब्रान्डका पारखी छन्।- उनका अनुसार त्यहाँ लोकलमा खुकुरी रम, रुस्लाम भोड्का, बकार्डी रम, ओल्ड दरबार आदिका पारखी बढी आउँछन्।

हाइभ लाउन्जमा ३० मिलिलिटर ब्लु लेभल (जेडब्लू) एक हजार आठ सय ९०, रोयल सेलुट एक हजार दुइ सय २५, क्लिन फिड्च एक हजार दुई सय ८५, चिभास नौ सय ५० मा उपलब्ध छ। रेस्टुरेन्टको नारा नै ‘फुड, ड्रिङ्क, फन, म्युजिक- रहेकाले पनि ग्राहकको विशेष रोजाइमा पर्छ। त्यहाँ विशेष इभेन्टमा राति अबेलासम्म विशेष लाइभ चलिरहन्छ। कपन बस्दै आएका सुजन कार्की चलचित्र हेर्नका लागि के एल टावर पुग्छन्। साँझ साथीहरूसँग हाइभ लाउन्जमा जम्छन् र फर्किन्छन्।

जमलस्थित विश्वज्योति मलमा रहेको ‘इसास गजल एन्ड बार-मा पनि मदिरा पिउनकै लागि देशी विदेशी ग्राहक आउने गरेका छन्। हरेक साँझ साढे ७ देखि सञ्चालन हुने लाइभ म्युजिकमा रमाउने प्रायः गजल सुन्न चाहन्छन्। नियमित ग्राहक बढी रहेको र धेरैजसो परिवार नै आएर रमाइलो गर्ने गरेको बताउँछन् त्यहाँ कार्यरत सुरेश दाहाल। ‘यहाँ आउने ग्राहकहरू नेपाली र हिन्दी गजल सुन्न मन पराउँछन्। यसको औपचारिक उद्घाटन केही समयपछि हुँदैछ। हामी निर्माणाधीन सिनेमा हलको पर्खाइमा छौं। सिनेमा हल चलेसँगै हाम्रो पनि व्यापारले गति लिनेमा विश्वास छ-, उनले भने। साथै त्यहाँ उपत्यकाकै होलसेलरबाट मदिरा मगाउने गरिएको छ।

करिब एक सय ५० जनाको क्षमता रहेको उक्त बारमा लोकलदेखि इम्पोर्टेड सबै खाले मदिराको स्वाद लिन पाइन्छ। अन्य मलमा जस्तै सिनेमा हलले गति लिनासाथ व्यापार चम्कने देखिन्छ।

कमलपोखरीस्थित सिटी सेन्टरमै रहेको ‘बिग मार्टमा मदिराको छुट्टै स्टोर छ। त्यहाँ देशी, विदेशी सबै खाले ग्राहक आउने गरेका छन्। लोकलदेखि इम्पोर्टेड सबै जातका मदिरा पाइन्छ। त्यहाँ कार्यरत आशिष उदासका अनुसार यहाँ स्थानीय ग्राहक बढी आउँछन्। विदेशी पनि आउँछन्। हलमा चलचित्र चलेका बेला ग्राहकको घुइँचो नै हुन्छ।- कार्यक्रममा लानेदेखि लिएर गिफ्ट लाने उत्तिकै हुन्छन्।

जाडो यामममा रम, ह्विस्की, भोड्का र ब्रान्डी बढी चल्ने र गर्मीमा बियर, वाइन, जिन बढी बिक्ने उनले बताए। बियर लाइटदेखि स्ट्रङसम्म, रम ब्लाकदेखि ह्वाइटसम्म पाइन्छ। कोरियन छ्याङ्का ग्राहक पनि उत्तिकै आउने गरेका छन्। ब्लु लेभल बोतलको २३ हजारसम्ममा पाउन सकिने उनले बताए। टेनेसस, स्कच, आइरिस ह्विस्की, हाइल्यान्ड क्रिम, बारबन ह्विस्कीको माग बढी छ। अनामनगर बस्दै आएका सर्लाहीका सुन्दर तामाङ बेलाबेलामा मदिरा किन्न सिटी सेन्टर पुग्ने गरेको बताउँछन्। धेरै आइटम एकै ठाउँमा पाइने गरेको र चलचित्र हेर्न प्रायः सोही ठाउँमा जाने गरेकाले पनि त्यहाँ किन्ने गरिएको हो।

सिटी सेन्टरमै रहेको रेस्टुरेन्ट ‘नाइन्टिन सेभेन्टी फाइभ- मा नेपाली र इन्डियन ग्राहकको संख्या धेरै छ। ग्राहकको फर्माइसअनुसार हरेक बुधबार, बिहीबार र शनिबार म्युजिक ब्यान्डको लाइभ प्रस्तुति हुने बताउँछन् डाइरेक्टर महेश कार्की। ‘हामी विभिन्न खाले अफर दिइरहन्छौं। अन्तभन्दा रिजनेबल प्राइसमा सेवा पाउने भएकाले हाम्रा नियमित ग्राहक धेरै छन्। अन्त ५० रुपैयाँ पर्ने पानी हामी ३०रुपैयाँमा बेच्छौं। अरू सामान पनि त्यही अनुपातमा पाउन सकिन्छ।- त्यहाँ खपत हुने मदिरा होलसेलर र डिस्ट्रिब्युटरबाट ल्याउने गरिएको छ।

‘भ्यालेन्टनइन डे- को अवसर पारेर आउने हप्ता छुट्टाछुट्टै तीन वटा ब्यान्डको प्रस्तुति रहने उनले बताए। त्यतिबेला ‘बाई वन गेट वान फ्रि- जस्ता अफर पनि दिइने र यो वाइनमा समेत लागू हुने बताइएको छ। त्यहाँ अति सस्ता लोकल ब्रान्डदेखि ब्लु लेभलसम्म पाउन सकिन्छ।

दरबारमार्ग नजिकै रहेको राइजिङ मलमा रहेको चाइनिज रेस्टुरेन्ट ‘बोतोङग्याङ- मा पनि मदिरा पिउनकै लागि ग्राहक जाने गरेका छन्। चाइनिज खानाको स्वादमा रमाउनेदेखि मदिरामा मस्त हुन आउने त्यहाँ कार्यरत राजेन्द्र कार्कीले बताए। उनका अनुसार त्यहाँ चाइनिज कम्पनी र ट्राभल एजेन्सीसँग जोडिएका पाहुनाका साथै बोर्डरतिर काम गर्नेहरू पनि आइपुग्छन्। एक हजारदेखि ३८ हजारसम्मका देशीविदेशी मदिरा पाउन सकिने उनको भनाइ छ।

सहरका व्यस्त मानिस समयको बचत गर्नकै लागि सपिङ मलमा जाने गरेको पाइएको छ। एउटै छानामुनि सबैखाले सामान पाइने र चलचित्र हेर्न पनि पाइने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.