भुवन कार्की चम्किएपछि अत्तरियाको जित, फेरि हार्‍यो धनगढी

भुवन कार्की चम्किएपछि अत्तरियाको जित, फेरि हार्‍यो धनगढी

काठमाडौँ : धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार भएको पहिलो खेलमा अत्तरियाले दिएको ९६ रनको सामान्य स्कोरसम्म पुग्न नसक्दा धनगढी सटार्सले लगातार दोस्रो हार भोगेको छ। 

आफ्ना स्पिनरहरु चलेपछि सिवाइसी अत्तरियाले धनगढीलाई ५ रनले पराजित गर्न सफल भएको हो । पहिले ब्याटिङ गर्दै ९५ रन बनाएको अत्तरियाले धनगढीलाई ९० रनमै समेटेपछि ५ रनको जित निकालेको हो । 

उद्‍घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग पराजय भोगेको धनगढीले भने लगातार दोस्रो हार भोगेको छ। स्थानीय फाप्ला क्रिकेट मैदानमा ९६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको धनगढीले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९० रनमै समेटियो । धनगढीका लागि राजु रिजालले नटआउट २६ रन जोडे पनि अरु ब्याट्सम्यान चल्न नसक्दा धनगढी हार भोग्न बाध्य भयो । 

अत्तरियाको जितमा धनगढीविरुद्ध स्पिनरहरुको निर्णायक भूमिका रह्‍यो । अत्तरियाका लागि भुवन कार्कीले ४ ओभर बलिङ गर्दै केबल १० रन मात्रै दिएर ४ विकेट झार्न सफल भए । 
अत्तरियका लागि सन्‍नी पटेलले ४ ओभर बलिङ गर्दै १७ रन दिए २ विकेट झारे । अत्‍तरियाका कप्तान दीपेन्द्र ऐरीले ४ ओभर बलिङ गर्दै १३ रन दिएर एक विकेट झारे । दिपेन्द्र रावतले ४ ओभर बलिङ गर्दै १५ रन दिएर १ विकेट झारे । 

यसअघि टस जित्दै पहिले ब्याटिङमा गएको अत्तरियाले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाइ ९६ रन जोडेको थियो । अत्तरियाले सामान्य स्कोर बनाउने क्रममा सन्‍नी पटेलले २८ बलमा २ चौका र २ छक्कासहित नटआउट ३५ रन जोड्न सफल भए । अत्तरियाका लागि ओपनर जयकिसन कोल्सावाले २१ रनको योगदान दिए । 

उता धनगढीका लागि रोहन मुस्ताफाले ४ ओभर बलिङ गरेर १४ रन दिँदै २ विकेट झारे । अर्का खेलाडी बिपिन खत्रीले ४ ओभर बलिङ गर्दै १० रन दिएर १ विकेट झारे । धनगढीका लागि अमिर हायत र सोमपाल कामीले व्यक्तिगत १/१ विकेट झारे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.