सरकार-कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : राणा

सरकार-कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : राणा

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । ‘यो एक वर्षमा सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भए’, उनले भने,  ‘उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको आरोप लगाए । ‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो,’ उनले भने, ‘दुवै पक्ष असफल भएकाले मुलुकमा राजतन्त्र फर्किन सक्छ ।’

साक्षात्कारमा बोल्दै उनले यस्तै भए नेपालमा राजतन्त्र पनि फर्किन सक्ने दाबी गरे । ‘राजतन्त्र फर्किन सक्छ’,  राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क गर्दै भने, ‘ओली सरकारलाई मान्नैपर्छ । २०४७ सालपछि पहिलोपटक दुईतिहाइको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइको मौकाको सदुपयोग गर्न नसकेको आरोप लगाए । ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो । यो एक वर्षमा सरकारले के–के राम्रा काम भए, पाना पल्टाएर हेर्‍यौं भने मौका खेर फालेको पाइन्छ’, राणाले भने, ‘सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शून्य छ ।’

व्यापार घाटा पनि डरलाग्दो रहेको उनको भनाई छ । ‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन’, राणाले भने, ‘ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेपनि व्यवहारमा त्यस्तो भएको देखिएन ।’

राणाले बूढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई दिएकोमा प्रश्न गरे । ‘यसरी दिँदा भ्रष्टाचार भयो कि भएन ? म प्रश्न गर्न चाहन्छु’, उनले भने, ‘वाईडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको छ ।’ 

कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए ‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ । हामी एकतिर ढल्केका छौं’,  राणाले भने, ‘भेनेजुयला प्रकरणमा वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम भएको छ । भेनेजुएलासँग नेपालको दौत्य सम्बन्ध छ छैन मलाई सन्देह लाग्छ ।’

सरकारले कुटनीतिक रुपमा कुनै पनि क्षमता देखाउन नसकेको उनले आरोप लगाए ‘सरकारले सही काम गरेकै छैन’, राणाले राजनीतिक रुपमा प्रधानमन्त्री सफल भएको दाबी गर्दै भने, ‘किनभने उहाँले दुईतिहाइ बहुमत ल्याउनुभयो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.