त्रिशूलीमा महिलाको शव
नुवाकोट : त्रिशूली नदीको किनारमा एक महिलाको शव भेटिएको छ। नुवाकोटको तारुकाघाटस्थित त्रिशूली नदीको किनारमा महिलाको शव भेटिएको हो।
तारकेश्वर गाउँपालिका- २ टापुस्थित त्रिशूली नदीको किनारामा काठमाडौं टेकुमा बस्ने ६० वर्षीया शान्ति सुनारको शव भेटिएको नुवाकोट प्रहरीले जानकारी दिएको छ।
मृत शरीर पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। घटनाको सम्बन्धमा नुवाकोट प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।