नेविसंघ धादिङमा चिठ्ठी आतंक : तीन अध्यक्ष

नेविसंघ धादिङमा चिठ्ठी आतंक : तीन अध्यक्ष

धादिङ : नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ धादिङमा भाँडभैलो भएको छ।  माघ ७ र ८ गते भएको १४ औँ अधिवेशन सम्पन्न नुहँदै स्थगीत भएको थियो। अहिले एकाएक तीन अध्यक्ष चयन भएको पत्र सार्वजनिक भएपछि विवाद चुलिएको छ। 

नेविसंघका केन्द्रीय नेताले आफू निकट नेतालाई अध्यक्ष चयनका लागि पत्र थमाएपछि विवाद चर्किएको हो। 
अधिवेशन उद्घाटन भएर नेतृत्व चयन प्रक्रिया सुरु भइसकेपछि जिल्ला अध्यक्ष बन्नको लागि पाँच जनाको उम्मेद्वारी परेको थियो। अध्यक्षका आकांक्षी धेरै भएपछि चुनाव गराउने तयारी भइरहेका बेला धादिङ जिल्लाको पार्टी नेतृत्वले निर्वाचन प्रक्रिया स्थगीत गराएको थियो। 

विभिन्न गाउँपालिकाबाट जिल्ला अधिवेशनमा मतदानका लागि भनेर गत माघ ९ गते आएका ४ सय ६१ प्रतिनिधि चुनाव हुने आशामा तेस्रो दिनसम्म धादिङवेशीमा बसेपनि माघ ९ गते अधिवेशन स्थगित भएको थियो। 

जिल्लाका नेताले विशेष समिति बनाएर अध्यक्ष सर्वसम्मत चयन गर्ने र त्यो नभए चुनाव गराउने भनिरहेका बेला आफू अध्यक्ष भएको दाबी गर्दै तीन नेताले पत्र सार्वजनिक गरेपछि नेविसंघ धादिङको विवाद छताछुल्ल भएको हो।
 
नेविसंघको निर्वाचन प्रक्रिया सुरु भएपछि भीम भट्ट, सुवास विशुराल, श्रीराम खतिवडा, डेभिड घले र राजन दनैले उम्मेद्वारी दर्ता गराएका थिए। ९ गते अधिवेशन स्थगित भएको थियो। धादिङका लागि केन्द्रीय प्रतिनिधि एवं नेविसंघ केन्द्रीय सदस्य लक्ष्मणदत्त पन्थीले अध्यक्षका उम्मेद्वार भीम भट्टलाई माघ ९ गते नै अध्यक्षको जिम्मेवारी दिएको पत्र  दिएको सोमबार सार्वजनिक भएको हो। 

सँगै सोमबार नै पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका नेविसंघका अध्यक्ष नैनसिंह महरको हस्ताक्षरमा गत माघ १९ गते अध्यक्षका अर्का प्रत्यासी सुवास विसुराललाई अध्यक्ष चयन गरिएको पत्र दिएको सार्वजनिक भएपछि विवाद सतहमा आएको हो। 

सोमबारसम्म दुई अध्यक्ष देखिए भने मंगलबार श्रीराम खतिवडालाई प्रदेश ३ का संयोजक नेविसंघ केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीले जिल्ला अध्यक्ष चयन गरेको पत्र दिएको सार्वजनिक भएपछि अध्यक्षको संख्या तीन पुगेको हो। 

तीन नेताले अध्यक्ष दाबी गरिरहेका बेला नेविसंघ धादिङका निवर्तमान अध्यक्ष ईश्वर अधिकारीले संगठनमा आन्तरिक समस्या देखिएको बताए। ‘अधिवेशनको विकल्प अधिवेशन नै हो’, उनले भने, ‘यो विवादको एउटा रुप मात्र हो। हामी चाँडै सहमतिमा नै आधिकारीक  अध्यक्ष सार्वजनिक गर्छौ।’

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.