थाइल्याण्डले तीन महिनापछि रिहा गर्‍याे फुटबलर हकिमलाई, अष्ट्रेलियामा भव्य स्वागत

थाइल्याण्डले तीन महिनापछि रिहा गर्‍याे फुटबलर हकिमलाई, अष्ट्रेलियामा भव्य स्वागत

मेलबर्न : गत नोभेम्बरदेखि थाइल्याण्डमा थुनिएका अष्ट्रेलियन फुटबलर हकिम अल अरइबी अन्ततः रिहा भएका छन् । रिहाइको लागि बहराइनको दबावपछि मात्रै थाइल्याण्डले उनलाई रिहा गरेको हो ।

मेलबर्न एयरपोर्टमा मंगलबार उनका प्रसंशक, परिवार र आफन्तले उनको रिहाइको खुसीयाली भव्य रुपमा मनाएका छन् । उनका आफन्त, परिवार सहित सयौं प्रसंशकहरु यहाँ उनको स्वागतका लागि उपस्थित थिए ।

बहराइन मूलका फुटबलर हकिमको स्वागतमा बहराइनी मूलका अष्ट्रेलियन नागरिक र उनको फुटबल क्लबका सदस्यहरु समेत उनको स्वागतमा पुगे । यस क्रममा केहीले ‘तिमी एक्लै हुने छैनौ’ भन्दै उनको साथमा नारावाजी गरेका थिए । ‘म अष्ट्रेलियालाई धन्यवाद भन्न चाहन्छु । आम अष्ट्रेलियन जनता र मिडियाले मलाई यसरी सहयोग गरेको देख्दा म अचम्भित छु,’ फुटबलर हकिमले पत्रकारहरुसँग भने, ‘म यो मुलुकका लागि झनै बलियो बन्ने छु । र अष्ट्रेलिया मेरो देश हो ।’

उनको रिहाइको पछाडि मानवअधिकारवादी समुह, अष्ट्रेलियन सरकार लगायतको अभियानको पनि भूमिका छ । बहराइनी मूलकै हकिमका निकटस्थ मित्र अर्का फुटबलरले आफ्नो नाम नखुलाउने शर्तमा यो आफूहरुको जित भएको बताएका छन् । हकिम स्वतन्त्र भएको यो समाचार आफूले सुनेको ‘सर्वाधिक राम्रो समाचार’ भन्दै उनले अलजजिरासमक्ष टिप्पणी गरेका छन् ।

फुटबलर अल अराइबी सन् २०१४ मा आफ्नो मुलुक बहराइन छोड्दै अष्ट्रेलियामा शरणार्थीको हैसियतमा बस्दैआएका थिए ।  तर गत नोभेम्बरमा थाइ अधिकारीबाट उनी पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.