आइटी पार्कमा २५ सय कम्प्युटरको काम गर्ने ‘सुपर कम्प्युटर'

आइटी पार्कमा २५ सय कम्प्युटरको काम गर्ने ‘सुपर कम्प्युटर'

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) को पहलमा बनेपास्थित सूचना प्रविधि पार्कमा पहिलो पटक ‘सुपर कम्प्युटर’ ल्याइएको छ।

जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन) ले नेपाल सरकारलाई उक्त सुपर कम्प्युटर प्रदान गरेको काठमाडौं विश्‍वविद्यालयका उपप्राध्‍यापक मनोज शाक्यले बताए।

'साढे ७ टेरावाइट र्‍याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्‍युटर नेटवर्क स्विच र केही यन्त्रहरू उपलब्ध गराएको छ। यसमा केयूका विद्यार्थीहरुले रिसर्च गर्न पाउने छन्', शाक्यले भने।

यसका साथै उनले सुपर कम्प्युटरमा जम्‍मा १८४ वटा सिपीयू, १६ वटा डिक्स सर्भर, १२ वटा नेटवर्क सर्भर स्विचहरू रहेको बताए। यसले करीब २ हजार ५ सय कम्प्युटर बराबरको 'प्रोसेसिङ' गर्छ भने करीब २ हजार सामान्‍य डेस्कटप कम्प्टुटरको काम एकै पटकमा गर्न सक्‍ने क्षमता रहेको उनले बताए।

सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरको रहेको बताउँदै उनले सुपर कम्प्युटरले एकै पटकमा धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्‍ने बताए। यसका साथै यसले बैंकमा रहेको ठूलो डाटा राख्‍ने काम, मौसमको बारेमा तत्काल जानकारी, भूकम्पीय जोखिमबारे पूर्व जानकारी लगायत तथ्‍याङकहरूलाई विश्‍लेषण गरेर सेकेण्डमा सूचना प्रवाह गर्न सक्‍ने बताए।

'यसको प्रयोगले भूकम्प प्रतिरुपण, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, नवजात शिशुमा लाग्ने रोगहरूको आनुवंशिक विश्लेषण, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषण, विभिन्‍न नदीहरूको जलविद्युत् सम्भाव्यता, मौसम पूर्वानुमान लगायतमा उच्चस्तरको अध्ययन गर्न सक्नेछन्', उनले भने।

यति मात्र नभएर सरकारी अस्पतालको नयाँ बिरामीहरूका नयाँ डाटा, जग्गाहरूको दर्ताहरूलाई संग्रहित गर्ने र सरकारको आधारिकारिक तथ्‍यांकहरूलाई सुरक्षित राख्‍न सकिने उनले बताए।

सुपर कम्‍युटरका लागि विद्युत चौबिसै घण्टा चाहिने भएकाले यसलाई चलाउन चुनौती रहेको उनले बताए। उनले भने, ' सुपर कम्प्‍युटरले विजुली धेरै खपत गर्ने र सर्भर तात्‍ने भएकाले यसका लागि पनि विद्युत् चाहिन्छ। त्‍यसकारण सर्भरको लागि पनि कुलर चाहिन्छ र कुलरको लागि विजुली चाहिन्छ। यसलाई कसरी चलाउन सकिन्छ भनेर हामीले तयारी गरिरहेका छौ।'

सन् १९२० मा कोलम्बिया विश्वविद्यालयले अनुसन्धानमूलक कार्यका लागि सुपर कम्प्युटर बनाएको थियो। त्यसको ४४ वर्षपछि सेमोर क्रेले यसलाई व्यावसायिक रूप दिएका हुन्। यतिखेर विश्वमा कसले कति ‘फास्ट’ सुपर कम्प्युटर बनाउने भन्ने होडसमेत चलेको पाइन्छ। सुपर कम्प्युटरको र्‍यांकिङ गर्ने द टप ५०० डट ओआरजीका अनुसार यस दौडमा अमेरिका, चीन, स्विट्जरल्यान्डलगायत देश अग्रणी छन्।

२०१८ को नोभम्बरसम्म संसारकै उच्च गतिका दस सुपर कम्प्युटरमध्ये पहिलो र दोस्रो अमेरिका, तेस्रो र चौथो चीन, पाँचौं स्विट्जरल्यान्ड, छैंटौं अमेरिका, सातौं जापान, आठौं जर्मनी, नवौं र दसौं अमेरिकामा छन्।

सोही संस्थाका अनुसार २०१८ को नोभेम्बरसम्म उत्कृष्ट पाँच सय सुपर कम्प्युटरमध्ये दुई सय २७ वटा चीनसँग, एक सय नौ वटा अमेरिकासँग, ३१ वटा जापानसँग, २० वटा बेलायतसँग र १८ वटा फ्रान्ससँग छन्। छिमेकी मुलुक भारतमा भएका सुपर कम्प्युटरहरू प्रत्युष (४५औं), मिहिर (७३ औं) र अन्य दुई सुपर कम्प्युटर ३३७ औं र ४८८ औं स्थानमा छन्।

२०७२ चैत २४ गते सूचना प्रविधि विभागसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको केयूले आइटी पार्कमा नवीनतम् अनुसन्धानका लागि आइओटी रिसर्च ल्याब सुरु गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.