सहज छैन अमेरिका

सहज छैन अमेरिका

अमेरिका : काठमाडौं सुकेधाराकी पूजा सापकोटा अध्ययनका लागि अमेरिका पसिन, भविश्यको खोजीमा। अमेरिकी दूतावासले भिसा दिएपछि उनको खुसीको सिमै रहेन। पढाइमा अब्बल पूजाले छात्रवृत्तिमा नाम निकालिन, अभिभावकको आशा भरोसा र आफ्नो सुन्दर भविश्यको परिकल्पना गर्दै उनी पसिन महाशक्ति राष्ट्र । ‘हामीले जुन ढंगले अमेरिकामा पढ्न सहज कल्पना गरेका हुन्छौं, त्यो विल्कुलै छैन’, सुरुवाती दिन सम्झना गर्दै उनले भनिन्, ‘हामी सबैले यहाँ आउनुभन्दा पहिले यहाँको पर्याप्त अध्ययन गर्न जरूरी छ। नत्र यहाँ आएपछि धेरै दुःख पाइन्छ ।’

विद्यार्थी जीवन जहाँ पनि कष्टकर हुन्छ नै, तर यहाँ सबै चिज आफ्नो थाप्लोमा पर्दा धेरै असहज, न्यूजर्सी राज्यमा अध्ययनरत बाग्लुङ बलेवाका सुधन पौडेलको अनुभव पनि त्यस्तै छ। ‘हाम्रो मुलुकमा अमेरिका भनेपछि मरिहत्ते गर्ने चलन छ। यहाँ आइपुगेपछि कस्ता समस्याआई लाग्छन्, हामी ख्याल नै गर्दैनौं’, उनले दिग्दारी पोखे । ‘आउने वित्तिकै काम नपाउनु, बस्ने कोठा नभेटिनु, मिलेर बस्ने साथी नहुनु, यहाँको प्रणाली नबुझ्नुु, छात्रावृत्तिमा आउनले स्ट्याटस् मेन्टेन गर्न हम्मे पर्नु जस्ता समस्या भोग्नुपर्छ’, पौडेलले सुनाए, ‘प्रत्येक सेमेस्टरको पैसा जम्मा गर्नु विद्यार्थीको अर्को वाध्यता छँदैछ ।’

सुरुवाती दिनका समस्या सम्झँदा आफंैलाई अत्यास लागेर आउँने तर आफन्त हुनेलाई केही सहज हुने उनले सुनाए। विश्वविद्यालयको ढोकामा पसेपछिका समस्य सबैको उस्तै। हाल कुइन्सब्रो कम्युनिटी कलेज न्यूयोर्कमा अध्ययनरत विनोद घिमिरेको अनुभवमा विद्यार्थी भिषामै अमेरिका आएको भएपनि परिवारबाट लाहुर गएको जस्तो अपेक्षा नेपालमा हुुनुले अर्को समस्या पर्ने गरेको छ। ‘यहाँका सबै समस्या समाधान गर्दै प्रत्येक सेमेस्टरका लागि यदी समयमै पैसा तिरेन भने विश्वविद्यालयको बाँकी अध्ययनमा फुलस्टप लाग्न सक्छ। तर घरमा लाहुर गएझै सम्झन्छन्’, घिमिरेले भने ।

विद्यार्थी भिषामा अमेरिकामा आउनेलाई धेरै समस्या रहेको लगोडिया कम्युनिटी कलेज न्यूजर्सी अध्ययनरत नवलपरासीका सुवोधराज खड्काले भने, ‘कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई १८ देखि २० घन्टा मात्रै काम दिन्छ, प्रत्येक सेमेस्टर मेनटेन गर्नुपर्यो ।’

कनेक्टीकट राज्यमा कम्प्युटर साइन्स अध्ययनरत विराटनगरका अनुप तिमिल्सिनाको पनि उस्तै छ ब्यथा। ‘मैले त बरू नेपालमै पढेको भए हुनेरहेछ भन्ने महशुस गरेको छु। धेरै दुःख छ। विद्यार्थी भएर अमेरिकामा बाँच्न्’, मलिनो स्वरमा उनले भने, ‘नेपालमै पढेको भए मैले कम्तीमा ६ वर्षमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्ने थिएँ। घर परिवारलाई समेत कम बोझ पर्ने थियो, परिवारसँगै बसेर पढ्ने थिएँ ।’

सुरुमा यहाँ कम्तीमा विषय छनौटसम्म गर्नमा समस्या रहेको विद्यार्थीको अनुभव छ। अनुप कम्प्युटर साइन्स पढ्छन तर इकोनोमिक्स, फिजिक्स, अंग्रेजीजस्ता विषय पढ्नै पर्छ। यहाँ अर्को भाषाका कक्षासमेत अनिवार्य पढनुपर्ने हुन्छ। नेपालबाट कन्सल्टेन्सीले अमेरिका पठाउँदा सबै त्यहाँ गएपछि व्यवस्थित हुन्छ भनेर सिकाउँछन्, तर यहाँ आएपछि विद्यार्थीलाई विषय छनौटसम्म समस्या रहेको उनको बुझाइ छ ।

काम कसरी मिल्छ

अन्तर्राष्ट्रिय विद्यार्थीलाई २० घण्टाको मात्रै वर्क परमिट मिल्छ। त्यो भनेको राज्यलाई कर तिरेर कलेजमा कामपाई हाल्यो भने सातामा दुई सय डलरसम्म कमाउन सक्छ। बाहिर काम पाउँछ तर त्यसका लागि विश्वविद्यालय र काम गर्ने बजार क्षेत्र टाढा हुने भएकाले सवारी साधन बिना काम गर्न असम्भव प्रायः। अधिकांश विद्यार्थीले समर ब्रेकमा तीन महिना काम गर्ने अवसर पाउँछन्। त्यति बेला क्यासमा काम पायो भने मात्रै उनीहरूले आफ्नो बसाइ र विश्वविद्यालयको फिलाई व्यवस्थित गर्न सक्छन्।

विन्टनरमा भने एक महिनामात्रै बिदा हुन्छ। यसरी बाहिर आएर काम गरेको र त्यो रकम बैंकमा देखिए उसलाई इमिग्रेसनमा आँउदा समातेर फर्काउन सक्छ। कतिले भारतीय नागरिकले सञ्चालन गरेका व्यवसाय जस्तै ग्यास स्टेशन, रेस्टुराँ, कपडा पसलमा काम गर्छन्, क्यासमा। भारतीयहरूले काममा लगाएपछि बराबर पैसा नदिने गरेको गुनासो पनि उस्तै ।

विश्वविद्यायको पढाइ र शुल्क

यदि छात्रवृत्तिमा आएको होइन भने एउटा विद्यार्थीले एउटा सेमेस्टरमा कम्तीमा ६ हजार डलर बराबर शुल्क तिर्नुपर्छ। स्नातक तहसम्मको अध्ययनका लागि एक सय २० क्रेडिटको अध्ययन पूरा गर्नुपर्ने अनिवार्य हुन्छ। विद्यार्थीले कम्तीमा एक सेमेस्टरमा १२ क्रेडिटसम्मको अध्ययन गर्नु पर्छ। कम्तीमा दुई दिन कलेज जानैपर्ने हुन्छ। नेपालका सरकारी विद्यालय प्रकृतिका यहाँका विश्वविद्यालयले विद्यार्थी कजेलमा आएर पढे नपढेको कुनै चासो राख्दैनन्। मात्रै कलेजले सेमेस्टर वाइज रिर्पोट विद्यार्थीको हातमा दिन्छ। मास्टर डिग्रीको अध्ययनका लागि यहाँ ९ क्रेडिटको एक सेमेस्टरमा अध्ययन गर्नुपर्ने हुन्छ। स्नातकोत्तरको पढाइ ३६ देखि ५४ क्रेडिटसम्मको हुन्छ ।

विद्यार्थी भिषापछि के ?

यदि विद्यार्थीले पढाइलाई निरन्तरता दिन नसकेको खण्डमा असाइलम गरी काम गर्नुको दो श्रो विकल्प छैन। यहाँ पढाइलाई निरन्तरता दिन नसकेका विद्यार्थीले असाइलम गरेर आफ्नो स्ट्याटस मेनटेन गरेको पाइन्छ। न्यूयोर्कका वरिष्ठ कानुन व्यवसायी केशवराज सेढाइकाअनुसार विद्यार्थी भिषामा आइसकेपछि पहिले विद्यार्थीले फुल स्कोरमा रर्जिस्टेशन गर्नुपर्दछ। यदि विद्यार्थी फेल हुन थाल्यो या पढाइमा केही खरावी देखियो भने विश्वविद्यालयले सम्वन्धित कार्यालयलाई रिर्पोट पठाइ दिन्छ। सम्वन्धित कार्यलयले फर्कनु भन्छ। चार वर्षको स्नातक तहको पढाइसकेपछि विद्यार्थीले अमेरिकामा एक वर्षको काम गर्ने वर्क परमिट पाउँछ। तर त्यसका लागि विद्यार्थी भिषा सकिनु भन्दा तीन महिना पहिले निवेदन दिनुपर्छ। तीन महिनामा वर्क परमिट आउँछ। त्यसपछि तीन महिना भित्र काममा पसेन भने स्टाटस रद्द हुन्छ ।

पढाइ अनुसारको काम आवश्यक रहन्छ। एक विषय पढेर अर्को काम गरे उसको भिसा नै रद्द हुन्छ। अमेरिकाको ५० वटै राज्यमा उत्कृष्ट विश्वविद्यालय रहेको र यहाँको पढाइ असहज भए पनि विश्वभर सर्टिफिकेट विक्ने र काम गर्न सहज हुने हुनाले आर्कषण बढेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.