ढुंगा बोकेर कुदिरहेकाे टिपर बीच बजारमा पल्टिएपछि...(भिडियो)

ढुंगा बोकेर कुदिरहेकाे टिपर बीच बजारमा पल्टिएपछि...(भिडियो)

बर्दिबास : पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा  बुधबार बिहान टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ।बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । तर घाइतेहरुको पहिचान भइसकेको छैन ।

बिपी राजमार्गबाट बर्दिबासतर्फ आउँदै गरेको ना ३ ख ७३५१ नम्बरको टिपर ओरालो बाटोमा ब्रेक फेल भइ दुर्घटना भएको बताइएको छ । यसअघि हुनेभन्दा फरक खालको दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक प्रकाश सिंहले बताए । 

भिडियो

 

प्रहरीकाअनुसार ढुंगा बोकेर गुडिरहेको टिपर अचानक ब्रेक फेल भइ पल्टिएर सडकभरि  ढुंगा छरिएका थिए । टिपर पल्टिँदा ढुंगा  ५० फिट परसम्म उछिट्टिएको र आसपासमा रहेकाहरूबीच भागाभाग भएको प्रत्यक्षदर्शी अमृतकुमार महतोले बताए। 

उछिट्टिएका ढुंगाले लागेर  फलफूलका दुईवटा ठेला, ४ वटा मोटरसाकल र एउटा टेम्पोमा समेत क्षति पुगेको छ । अति व्यस्त रहने बर्दिबास चोकमा दुर्घटना हुँद निकै बेरसम्म सडक नै जाम भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.