डीपीएल क्रिकेटमा काठमाडौँको लगातार दोस्रो जित

डीपीएल क्रिकेटमा काठमाडौँको लगातार दोस्रो जित

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै दुई खेलमा शतप्रतिशत नतिजासहित काठमाडौँ लिगको दोस्रो स्थानमा चढेको छ। 

फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा गएको काठमाडौँले १३३ रन बनाएको थियो । काठमाडौँले दिएक १३५ रनको चुनौती पछ्याउने क्रममा महेन्द्रनगर पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १२७ रनमै समेटिएको हो । 

पहिलो खेल गुमाइसकेको महेन्द्रनगरका लागि काठमाडौँविरुद्धको खेल पनि बिर्सन लायक रह्यो । महेन्द्रनगरका लागि अमरसिंह राउटेलाले नटआउट २८ रन जोडे ।

यसैगरी कप्तान शरद भेषावकरले २३ रन जोड्दा आरिफ शेखले १८ रन बनाए ।  महेन्द्रनगरका लागि सुब्रमुन्यम आनन्दले १५ रन र रोहितकुमार पौडेलले १० रनमात्रै बनाउन सफल भए । 

महेन्द्रनगरलाई हराउने क्रममा काठमाडौँका राशिद खान बलिङतर्फ उत्कृष्ट प्रर्दशन गरे । खानले ४ ओभर बलिङ गर्दै १७ रन दिएर ३ विकेट झारे । यसैगरी अङ्कित डबासले २ विकेट लिँदा नन्दन यादव, ललितनारायण राजवंशी र योगेन्द्रसिंह कार्कीले समान १-१ विकेट झार्न सफल भए । 

यसअघि पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँका लागि अङ्कित डबासले सर्वाधिक ६५ रनको गतिलो स्कोर गरे । त्यसैगी योगेन्द्रसिंह कार्कीले २२ रन, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन र मेहबुब आलमले १३ रनको योगदान दिए । 

महेन्द्रनगरका लागि अमरसिंह राउटेलाले २ विकेट झारे । मोहमद नाभेद, अभिनास बोहरा र सागर ढकालले समान १-१ विकेट झारेका थिए । 

योसँगै काठमाडौँ गोल्डेन्स लगातार दुई खेलमा जितसहित डीपीएलको दोस्रो स्थानमा पुगेको छ । दुई खेलबाट ४ अंक बनाएको काठमाडौँ रन रेटका आधारमा समान ४ अंक जोडेको रुपन्देही भन्दा पछि परेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.