स्कुल बस र टेम्पो ठोक्‍किए : दाइको मृत्यु, भाइ घाइते

स्कुल बस र टेम्पो ठोक्‍किए : दाइको मृत्यु, भाइ घाइते

सिरहा : सिरहाको मिर्चैया नगरपालिका-५ स्थित स्कुल बसले टेम्पोलाई ठक्‍कर दिँदा दाइको मृत्यु भएको छ भने भाइ घाइते भएका छन्। दुर्घटनामा परी मिर्चैया नगरपालिका-२ का २७ वर्षीय विरेन्द्र साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जनाएको छ। मृतकका भाइ २५ वर्षीय मुकुनदेव साह घाइते भएको प्रहरीले जानकारी गराएको छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४९०४ नम्बर भएको टाइम्स स्कुलको बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ स ३४२० नम्बरको टेम्पो  ठोकिएको प्रहरी निरीक्षक बस्नेतले बताए। उनका अनुसार दुर्घटनापछि बस, टेम्पो र चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको छ।     

घाइते मुकुनदेव साहको उपचार हुँदै। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.