रेडियोकर्मीको कार्यक्रममा मन्त्री-मुख्यमन्त्रीले बजाए दमाह

रेडियोकर्मीको कार्यक्रममा मन्त्री-मुख्यमन्त्रीले बजाए दमाह

सुर्खेतः सामान्यत: औपचारिक कार्यक्रमको उद्घाटन कसरी गरिन्छ रु रिवन काटेर, विरुवामा पानी हालेर वा पानसमा बत्ती बालेर । तर बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा संघीय सरकारका सञ्चारमन्त्री र कर्णालीका मुख्यमन्त्रीले फरक र अनौठो तरिकाले कार्यक्रमको उद्घाटन गरे । 

कार्यक्रमको उद्घाटन गर्दा मन्त्री र मुख्यमन्त्रीले मञ्चमा राखिएका दमाह बजाए । र वीरेन्द्रनगरमा सुरु भएको सामुदायिक रेडियोहरुको सम्मेलनको औपचारिक उद्घाटन गरे । आधुनिक संचारका साधनहरु आविस्कार हुनुपूर्व दमाहामार्फत सूचना आदान–प्रदान गरिन्थ्यो । त्यसैको सांकेतिक स्वरुप मन्त्री र मुख्यमन्त्रीले कार्यक्रमको उद्घाटन पनि दमाह बजाएर गरेका हुन् । 

बुधबारदेखि सुरु भएको अकोरावको सम्मेलनमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधिहरु सहभागि रहेका छन् । संघीय सरकारका संचारमन्त्री गोकुल बास्कोटाले विश्वसनिय सूचनामा ध्यान दिन सबै रेडियोहरुलाई आग्रह गरे । समाचार प्रशारण गर्ने नाउमा अरुको चरित्र हत्या हुनेगरी अविश्वसनिय सूचना प्रवाहसमेत भइरहेको भन्दै आफ्नो विश्वसनियता कायम राख्न अनुरोध गरेका हुन् ।

‘सूचना दिने नाममा जबरजस्ती अरुको चरित्रहत्या गर्ने काम भइरहेको छ’ उनले भने, ‘मार हान्नु (सूचना प्रवाह) गर्नुभन्दा पहिले दशपटक सोच्नुहोस्, बरु ढिलो जाँदा केही फरक पर्दैन । तर अविश्वसनिय सूचना जाँदा समाजमा भ्रम पैदा हुन्छ ।’  

तीन दिनसम्म चल्ने सम्मेलनले सामुदायिक रेडियोमा देखिएका चुनौतीका विषयमा छलफल गरी आगामी बाटो तय गरिने बताइएको छ । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकार एक्लैले पछि परेका सूचकांकको ग्राफ बढाउन नसकेको बताए ।

‘अहिले अथाह सम्पत्ति, स्रोतसाधन छ भनेर भाषणमा भनेर मात्रै भनेका छौं, हामी कहाँ के कति छ भनेर तथ्यांक संकलन गर्ने छौं । आउँदो जेठसम्म कर्णालीको गन्तव्य कहाँ हो, कार्यान्वयन शैली कस्तो हुने परम्परागत शैली वा नयाँ शैली अपनाउनु पर्ने हो सार्वजनिक गर्नेछौं’ उनले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.