धार्मिक मेला उद्घाटन गर्न उपराष्ट्रपति महेन्द्रनगरमा

धार्मिक मेला उद्घाटन गर्न उपराष्ट्रपति महेन्द्रनगरमा

महेन्द्रनगर : उपराष्ट्रपति नन्द बहादुर पुन महेन्द्रनगर पुगेका छन् । कञ्चनपुरको बेदकोटमा बिहिवारदेखि सुरु हुने बेदकोट धार्मिक तथा पर्यटन मेलाको उद्घाटन गर्न उपराष्ट्रपति पुन महेन्द्रनगर पुगेका हुन् । 

बेदकोट नगरपालिकाले गरेको मेलाको उद्घाटन गर्न बुधवार बिहान उपराष्ट्रपति महेन्द्रनगर पुगेका हुन् । उनलाई बिहान सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख मोहन बहादुर मल्लसहित प्रदेश सरकारका सभामुख र मन्त्रीहरु ल्गायतले धनगढी बिमानस्थलमा स्वागत गरेका थिए । 

यस्तै विमानस्थलमा विभिन्न स्थानीय तहका प्रमुख सहित नेकपाका नेता कार्यकर्ताहरुले समेत उपराष्ट्रपतिलाई स्वागत गरे । मुख्यमन्त्री र प्रदेश प्रमुखले विमानस्थलमा स्वागत गरे पछि उपराष्ट्रपति पुन महेन्द्रनगर प्रस्थान गरेका हुन् । 

महेन्द्रनगरस्थित होटल ओपेरा परिसरमा समेत उनलाई स्वागत गरिएको थियो । बिहिवार हुने पर्यटन मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेपनि बुधवार दिनभर उपराष्ट्रपति महेन्द्रनगरमा विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ । 

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको उपराष्ट्रपतिले अवलोकन गर्नेछन् । उनले निकुञ्जको अवलोकन पश्चात एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको समेत अवलोकन गर्ने कार्यक्रम रहेको आयोजक बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए । 

झोलुङ्गे पुलमा माहाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले उपराष्ट्रपतिलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । उनले बुधवार नै 

विभिन्न राजनीतिक दल, सुरक्षा निकायका प्रमुख लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । बिहिवार भने उनले बेदकोटस्थित शिवलिङ्गेश्वरको दर्शन र दिउँसो बेदकोट तालमा आयोजना भएको पर्यटन मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

उपराष्ट्रपति महेन्द्रनगर पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजमार्ग लगायत उपराष्ट्रपतिको सवारी हुने विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.