धनगढी प्रिमियर लिग : बल समाउने क्रममा अमिर घाइते
धनगढी : धनगढी प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा बल समाउने क्रममा धनगढी स्टारका बलर अमिर हायत घाइते घएका छन्। विराटनगर र धनगढीबीचको खेलको अन्तिम ओभरमा दुई बल बाँकी हुँदा बल क्याच गर्ने क्रममा अमिर र राजु रिजाल ठोक्किएका थिए।
विकेट किपर राजु सामान्य घाइते भएका छन् भने अमिर गम्भीर बनेपछि मैदानबाट बाहिरिएका थिए । सामान्य उपचारपछि उनी फेरि टिममा फर्किएकाे मेडिकल टिमले जानकारी दिएकाे छ । राजु सामान्य उपचारपछि खेलमा फर्किएका थिए।
अमिर घाइते भएर मैदानबाट बाहिरिएपछि अन्तिम ओभरको बाँकी दुई बल सुनिल धमलाले पूरा गरे। विरानगरले ९ विकेटको क्षतिमा १०३ रन बनाएको छ। अहिले धनगढीले १०४ रनको लक्ष्य पछ्याइरहेको छ।