पाकिस्तानमा लाेकप्रिय मौलिक ‘ट्रक आर्ट’
इस्लामाबाद : सामान्यतः संसारभर ढुवानीकै लागि ट्रकको प्रयोग गरिन्छ । अत्याधिक भार क्षमता हुने ट्रक प्रयोग नहुने सायदै मुलुक होलान् ।
पाकिस्तानमा भने यसलाई भिन्न तरिकाले पनि प्रयोग गर्ने चलन छ । यहाँ ढुवानीको लागि मत्रै प्रयोग हुँदैन । त्यसभन्दा बढी सुन्दर कला पनि ट्रकमा भेटिन्छ । परम्परागत जीवनशैली, कला झल्कने चित्र ट्रकमा रंग्याउने चलन छ । ढुवानीसँगै यहाँका अधिकांश ट्रकमा यसरी नै पेन्टिङ गर्ने पेशा नै फस्टाएको छ ।
अलजजीराले यसबारे एउटा छोटो भिडियो रिपोर्ट समेत तयार पारेको छ । यस्तो कलालाई ‘ट्रक आर्ट’ वा ‘जिंगल आर्ट’ पनि भनिन्छ । र यस्ता चित्रमा सामाजिक र राजनीतिक मुद्दा पनि झल्काउने चलन छ ।
यस्तो पेशामा संलग्न ‘ट्रक आर्टिस्ट’ हैदर अलीका अनुसार यस्ता चित्रमा पाकिस्तानी मौलिकपन झल्काउने छलन छ । सानैदेखि यो पेशामा लागेर रमाउँदै गरेका हैदर यस्ता चित्रलाई १० हजार भन्दा बढी रकम तिर्नुपर्ने बताउँछन् । ट्रकले सामान बोकेर ठाउँ ठाउँ चहार्ने हुँदा यस्ता चित्रलाई अन्तर्राष्ट्रिय प्रदर्शनीकै रुपमा पनि ब्याख्या गर्छन् ट्रक आर्टिस्टहरु ।