जिपी फाउण्डेशनको कार्यालय उद्घाटन कार्यक्रम वीरगन्ज महानगरको पत्रले रोकियो

जिपी फाउण्डेशनको कार्यालय उद्घाटन कार्यक्रम वीरगन्ज महानगरको पत्रले रोकियो

वीरगन्ज : वीरगन्जमा नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको कार्यालय उद्घाटन कार्यक्रम वीरगन्ज महानगरको पत्रपछि स्थगीत भएको छ। 

फागुन ४ गते उद्घाटनको सम्पूर्ण तयारी भइरहेका बेला मङगलबार साँझ वीरगन्ज महानगरपालिकाले  फाउण्डेशनको कार्यालय स्थापना भएको जग्गा आफ्नो स्वामित्वमा रहेको भन्दै आयोजक र कांग्रेस पर्सालाई पत्र काटेपछि कार्यक्रम स्थगीत भएको हो। 

बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर पर्सा कांग्रेसले उद्घाटन कार्यक्रम स्थगीत भएको जानकारी दिएको हो। पर्साका कांग्रेस सभापति अजय द्विवेदीले फागुन ४ गतेका लागि तय भएको फाउन्डेशनको कार्यालय उद्घाटन कार्यक्रम स्थगीत भएको जानकारी दिए।

उद्घाटन कार्यक्रम स्थगीत गरिएपनि फागुन ४ गते फाउण्डेशन पर्साका कार्यसमिति पदाधिकारी र सदस्यको पदस्थापन हुने पर्सा कांग्रेसले बताएको छ। पदस्थापन कार्यक्रम वीरगन्जको बालमन्दिर परिसरमा हुने सभापति द्विवेदीले जानकारी दिए। यसअघि कार्यालयको उद्घाटन कार्यक्रम भने आदर्शनगरस्थित स्थापना गरिएको कार्यालय परिसरमै गर्ने तय भएको थियो। 

पदस्थापन कार्यक्रममा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, कांग्रेस महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला पनि सहभागी हुने सभापति द्विवेदीले बताए। 

फाउण्डेशनको कार्यालय स्थापना भएको जग्गाको स्वामित्वका बारेमा पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। महानगरपालिकाको पत्रलाई ध्यानमा राखेर कार्यक्रम स्थगीत गरिएको सभापति द्विवेदीले जानकारी दिए। 

फाउण्डेशनको कार्यालय स्थापना भएको जग्गाको धनी कांग्रेस पूर्व नगर सभापति एंव फाउण्डेनशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनकी पत्नी नजमा बेगम हुन्। 

वीरगन्ज महानगरपालिकाको कार्यालयले भने वडा नम्बर १० स्थित कित्ता नम्बर १८ ५३ गरेर एक कठ्ठा क्षेत्रफल जग्गा नगरपालिकाले हकभोग गरिरहेको छ। 

यद्यपी उपमहानगपालिका ७ का अरुणकुमार अग्रवालले २०६१ सालमा मालपोत कार्यालयमा जालसाजी र नक्कली कागजात पेश गरेर आफ्नो नाममा दर्ता गराएको र त्यसपछि अग्रवालले २०७४ साल मंसिर ११ गते उक्त जग्गा बेगमको नाममा पास गराएको खुलेको छ। जग्गाको स्वामित्वको विषयमा अदालतमा मुद्दा विचाराधीन रहे पनि जिपी कोइराला फाउण्डेशनको कार्यालय स्थापना गरिएको महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत डाक्टर भीष्मकुमार भुषालले बताए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.