अख्तियारको फन्दाबाट उम्किएका प्रहरी इन्चार्ज पक्राउ

अख्तियारको फन्दाबाट उम्किएका प्रहरी इन्चार्ज पक्राउ

बर्दिबास : १० हजार घुस लिदैं गर्दा अख्तियारको फन्दाबाट उम्किएका महोत्तरी औरहीको प्रहरी चौकीका इन्चार्ज रामनरेश साह तेली पक्राउ परेका छन्।

असई रामनरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले मंगबार घुस लिदैं गर्दा पक्राउ गर्न खोज्दा उम्किएका थिए। प्रहरीले दबाब बढाएपछि उनी  बुधबार आफैं अख्तियारको कार्यालयमा हाजिर भएका हुन्। 

सेवाग्राहीबाट घुस लिदैं गर्दा औरही चौकबाट  उनलाई अख्यिारले घेरा हालेर पक्राउ गर्ने प्रयास गरेको थियो। पक्राउ गर्न लाग्दा भिड बढेपछि उनी उम्किएका थिए। 

घटना स्थलमा भएको भिड हटाउन खोज्दा स्थानीय र सुरक्षामा खटिएका प्रहरीबीच विवाद हुँदा मौका छोपेर इन्चार्ज साह भागेको अख्तियारका प्रतिनिधिको भनाइ छ। स्थानीयको कुटपिटबाट अख्तियारका तीन कम्रचारीसमेत घाइते भएका थिए। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.