अब ‘अटोमेटिक ब्रेक’ लाग्ने कार, ड्राइभरले नभ्याए पनि आफैँ रोकिन्छ

अब ‘अटोमेटिक ब्रेक’ लाग्ने कार, ड्राइभरले नभ्याए पनि आफैँ रोकिन्छ

काठमाडाैं : जापान लगायत ४० वटा मुलुकले आगामी वर्षदेखि ‘अटोमेटिक ब्रेकिङ सिस्टम’ जडान भएको नयाँ मोडेलको कार भित्र्याउने छन् ।

संयुक्त राष्ट्रसंघीय आर्थिक आयोगका अनुसार ईयू सहित ती ४० मुलुकले यस्तो सवारी आफूले प्रयोग गर्ने भन्दै सम्झातापत्रमा हस्ताक्षर गरिसकेका छन् । तर चीन र अमेरिका भने यस्तो सम्झौतामा सहमत छैनन् ।

आजा फेब्रुअरी १ को दिन तयार पारिएको सम्झौताको नेतृत्व जापान र ईयूले गरेका हुन् । यस्तो व्यवस्था अनुसार ती मुलुकले आगामी वर्षमा त्यस्ता कार खरिद गर्नेछन्, जसमा स्वतः ब्रेक लगाउने प्रविधि हुने छ । अर्थात् चालकले यदी ब्रेक लगाउन भ्याएन भने पनि अगाडि मान्छे उभिएको अवस्थामा वा केही वस्तु देखिएको अवस्थामा गाडी आफैँ रोकिने छ ।

उच्च प्रविधि सहितको यस्तो गाडीले सडक दुर्घटना ठूलो मात्रामा न्युनिकरण गर्ने अपेक्षा गरिएको छ । खासगरी पैदलयात्रीलाई ठक्कर दिने, मोटरसाइकल वा अन्य सवारीसँग ठोक्किने खतरा यस्ता गाडीले टार्ने पनि बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.