एउटै कुर्सीमा राप्रपा संयुक्तका दुई अध्यक्षको पदभार ग्रहण : पाँच सदस्यीय सचिवालय

एउटै कुर्सीमा राप्रपा संयुक्तका दुई अध्यक्षको पदभार ग्रहण : पाँच सदस्यीय सचिवालय

काठमाडौं : दुई पार्टी एकतापछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तका अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन्। 

बुधबार पार्टी कार्यालय चावहिलमा अध्यक्षद्वयले एउटै कुर्सीमा  पदभार ग्रहण गरेका हुन्। दुई अध्यक्षका लागि एउटा मात्र विशेष कुर्सी थियो। राणाले विशेष कुर्सीमा बसेर पदभार ग्रहणा गर्दा अर्का अध्यक्ष लोहनी भने नजिकै सामान्य कुर्सीमा बसेका थिए।

बैठकले केन्द्रीय सचिवालय सञ्चालनका लागि ध्रुवबहादुर प्रधानको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय गठन भएको छ।  सचिवालयको सहसंयोजकमा भरतजंग उप्रेती रहेका छन् भने सदस्यमा मीना शाही, बाबुराम बस्नेत र रामशरण पाठक छन्। 

त्यस्तै राप्रपा संयुक्तले राजेन्द्र गुरुङको संयोजकत्वमा केन्द्रीय सञ्चार समिति गठन गरेको छ। समितिमा किरण गिरी, जनकराज पाठक, सगुन सुन्दर लावती, सुदर्शन सिलवाल र रविन चाम्लिङ सदस्य छन्। 

राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीबीच माघ १८ गते एकता भएको थियो। दुई पार्टी एकतापछि राप्रपा संयुक्त बनेको हो। पार्टी एकता हुँदा एक महिनाभित्र अन्तरिम विधान बनाउने सहमति भएको थियो। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.