राजविराजमा बृहत स्वास्थ्य शिविर सुरु

राजविराजमा बृहत स्वास्थ्य शिविर सुरु

राजविराज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र नेपाली सेनाको सहकार्यमा राजविराजमा बुधबारदेखि साताव्यापी  स्वास्थ्य शिविर सुरु भएको छ। शिविरको उद्‍घाटन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गरे। उद्‍घाटन गर्दै उपप्रधान मन्त्री यादवले धरान, काठमाडौंमा झैं सप्तरीमा पनि स्वास्थ्य केन्द्र बन्ने बताए। यसका लागि सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरिसकेको र मन्त्री परिषदबाट ऐनको मस्यौदा पारित भई काम अगाडि बढेको जानकारी दिए।

राजविराजलाई व्यावसायिक र औधोगिक नगरीका रुपमा विकसित गर्न भारतको पटना, दरभंगा, निर्मली, कुनौली जोड्दै नेपालको राजविराज, उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुसम्म सडकमार्ग जोडनुपर्ने उनले बताए। आफैमा विकास नगरी समाज र देश विकसित नहने दावी गर्दै यादवले खानपान, आचरण, रितीरिवाज बदल्दै शिक्षा, चेतना र सामाजिक सुधारको जरुरी रहेको बताए।

उनले सप्तरीको बमनगामा कट्टीस्थित विद्यालय पढ्दाको स्मरण गर्दै यादवले छोरीलाई नपढाएकै कारण तराई मधेस पछाडि परेको बताए। उनले आफू पढेका बेला सिंगो विद्यालयमा दुईजना मात्र छात्रा पढने गरेको र उनीहरुले समेत पढाई पुरा गर्न नपाएको बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरिबी र बेरोजगारी हटाउन सरकार प्रतिबद्ध रहेकोले विशेष लगानी गरिने बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले  अस्पताल सुधार कार्यक्रमलाई प्राथमिकता दिँदै बृहत शिविर सुरु गरिएको र शिविरपछि विशेषज्ञसहितको शल्यक्रिया सेवा नियमित गर्नुपर्ने जिम्मेवारी महसुस भएको बताइन्।

स्वास्थ्य क्षेत्रमा नाजुक रहेको सप्तरीमा स्वास्थ्य मन्त्रालयको विशेष पहलमा सेनाले मानवीय सेवालाई शिविरमार्फत अगाडी बढाएको सैनिक स्वास्थ्य महानिर्देशक शशी राईले जनाए। आजदेखि फागुन ७ गतेसम्म सञ्चालन हुने शिविरमा बिरामीको चाप बढेमा समयावधि समेत थप हुने गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।

शिविरको निरिक्षण गर्दै उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादव ।

शिविरमा छाति, मुटु, मानसिक, हाडजोर्नी, दन्त, नाक, कान, घाँटी, आँखा, छाला, स्त्री रोग विशेषज्ञ साथै सर्जन डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण र हर्निया, पायल्स, पुरुष ग्रन्थी, हाइड्रोसिल, पित्तथैली, पथरी, नाक, कान, घाँटी र पाठेघर सम्बन्धी शल्यक्रिया गरिने डा. दासले बताए।

शिविरमा रोग अनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गराउने छुट्टाछुट्टै ९ वटा स्थानको व्यवस्था मिलाइएको छ। शिविरमा अत्याधुनिक सेवासहित सेनाकै गाडीमा ल्याव परीक्षण, अल्ट्रासाउण्ड, एक्सरे, इसिजीलगायत आवश्यक सबै सेवा उपलब्ध भएपछि गाउँघरमा रहेका विपन्न तथा दीर्घ रोगीको बिहानदेखि भीड लागेको छ।

मोबाइल हस्पिटलसहित आएका एक सय २६ जना विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले एकै स्थानमा थुप्रै किसिमका रोगको उपचार गर्ने थाहा पाएपछि गाउँगाउँबाट बिरामी आएको श्री भीम दल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले बताए । शिविरमा सप्तरी, सिरहा, उदयपुर, सुनसरी र छिमेकी मुलुक भारतको विहारबाटसमेत बिरामीहरु सेवा लिन आउने अपेक्षा गरिएको छ।  

उद्‍घाटन कार्यक्रममा संघीय सांसद रेणु यादव, प्रदेश २ का उपसभामुख उपमा देव, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, रुबी कर्ण, मनिष सुमन, संविधान सभाका पूर्व सदस्य रन्जु झा, राजविराज नगर प्रमुख शम्भु यादव, फोरमका दिनेश यादव, राजपाका दिपेन्द्र चौधरीले शुभकामना व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.