बैतडीका ७० महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर वितरण

बैतडीका ७० महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर वितरण

बैतडी : जिल्लाको डिलाशैनी गाउँपालिकाले गाउँपालिकाभरीका महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर प्रदान गरेको छ। गर्भवती, सुत्केरी व्याथा लागेका महिला र अन्य बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउन सजिलो होस् भन्ने उद्देश्य सहित स्ट्रेचर वितरण गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए।उनले भने, 'गाउँपालिकाका अधिकांश वडा सडकविहीन छन्।

बिरामीलाई बोकेरै स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने बाध्यता छ। त्यसैले हामीले स्वयंसेविकालाई स्ट्रेचर वितरण गरेका हौं।' 

गाउँपालिकाका ७० जना महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर वितरण गरिएको स्वास्थ्य संयोजक खत्रीले बताए। उनले साविकका गाविसका एक वडामा कम्तीमा एक जना महिला स्वास्थ्य स्वयंसेविलाई स्ट्रेचर वितरण गरेको बताए।

स्ट्रेचर पाएपछि बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउने सजिलो हुने डिलाशैनी गाउँपालिका- ७ की महिला स्वास्थ्य स्वयंसेविका उत्तरा जोशीले बताइन्। उनले भनिन्, 'स्ट्रेचर नहुँदा भारी बोकेजस्तै बिरामीलाई बोक्नु पथ्र्यो। अब स्ट्रेचरले सजिलो हुने हामीले विश्वास गरेका छौं।'

गर्भवतीलाई आयोडिनयुक्त नुन 
यसैगरी जिल्लाको दोगडाकेदार गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने गर्भवतीलाई आयोडिनयुक्त नुन दिन थालेको छ। नेपाल सरकारको प्रोटोकल अनुसार स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने महिलालाई आयोडिनयुक्त नुन दिन थालिएको न्वाली स्वास्थ्यचौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिए।

उनले नेपाल सरकारको प्रोटोकल अनुसार गर्भवतीहरुले चार पटक गर्भजाँच गराउने महिलालाई प्रत्येक पटक एकपोका आयोडिनयुक्त नुनका साथै सरसफाइका सामग्री दिएको बताए। गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट गर्भवतीलाई आयोडिनयुक्त नुन र सरसफाइका सामग्री वितरण गरिन थालेको गाउँपालिकाले जनाएको छ। 'गर्भवती आमाहरुले समयअनुसार गर्भजाँच गराउन र उनीहरुको स्वास्थ्यका बारेमा जानकारी दिन सजिलो होस् भनेर यो अभियान थालिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन्।उनले भनिन्, 'हामीले सबै गर्भवतीले नेपाल सरकारको प्रोटोकल अनुसार स्वास्थ्य संस्थामा जाँच गराउन आउन भनेर आयोडिनयुक्त नुन र सरसफाइका सामग्री वितरण गर्न थालेका हौं।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.