झुलाघाटमा पुल बनाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

झुलाघाटमा पुल बनाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीबासीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

झुलाघाट नाकामा करीब डेढसय वर्ष अघि निर्माण गरिएको झोलुंगे पुलबाट आवतजावत भइरहेकाले सो ठाउँमा पक्की पुल निर्माणका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष एवम दबाब समितिका संयोजक नरबहादुर चन्दले बताए।

उनले भने ‘झुलाघाटमा पक्की पुल निर्माणका लागि सबै सरकारका प्रमुखहरूले आश्वासन दिने गरेका छन्। तर अहिलेसम्म पुल निर्माण हुन सकेको छैन। यसले हाम्रो आर्थिक समृद्धिमा बाधा पुर्‍याएको छ। त्यसैले हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौं।’

मध्य पहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की मोटरेबल पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं दबाब समितिका सदस्य खीमानन्द भट्टले बताए।

उनले भने ‘हामीले यसअघि पनि १० हजार बैतडीबासीको हस्ताक्षर सहित तत्कालीन सरकारलाई ज्ञापन पत्र बुझाएका थियौं। तर हाम्रो माग अझै सुनुवाई हुन सकेको छैन। त्यसैले सरकारलाई झुलाघाटमा पक्की पुल निर्माणका लागि दबाब दिन ज्ञापन पत्र बुझाएका हौं।’

झुलाघाटमा पक्की पुल निर्माणका लागि दबाब दिन ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन पुगेका स्थानीयहरूले यो क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रहरूको विकासका लागि पनि झुलाघाटमा पक्की पुल निर्माण हुनुपर्ने बताएका छन्  झुलाघाटमा पक्की पुल निर्माण भएमा आर्थिक गतिविधि वृद्धि हुनुका साथै यो क्षेत्रको मुहार फेरिने शाहीलेकका व्यापारी वीरेन्द्रराज पाण्डेयले बताए।

झुलाघाटमा पक्की पुल निर्माणका लागि प्रक्रिया अघि नबढे स्थानीयबासीका तर्फबाट संघर्षका कार्यक्रम गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.