विद्यार्थीले उत्पादन गरे च्यवनप्रास

विद्यार्थीले उत्पादन गरे च्यवनप्रास

दाङ  : नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले दाङमा च्यवनप्रास उत्पादन गरेका छन ।

विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानअन्तर्गत जनता विद्यापीठ बिजौरीकमा सञ्चालन भएको आयुर्वेद उत्तर मध्यमा तह (एएचए) अध्ययनरत विद्यार्थीहरुले पढेको कुरालाई व्यवहारमा उतार्दै च्यावन प्रास उत्पादन गरेको हुन । 

एएचका दोस्रो र तेस्रो वर्षमा ७४ जना अध्ययनरत विद्यार्थी, शिक्षकको सक्रिययतामा च्यवनप्रास उत्पादन गरिएको र अव छिट्टै त्यसलाई बजारसम्म पुर्याइने विद्यार्थी मिलन उपाध्याय बताए । उनले डेढ महिना लगाएर झण्डै डेढ क्वीटल च्यवनप्रास उत्पादन गरिसकिएको जानकारी दिए । ‘हाम्रो उत्पादन बजारमा पाइने च्यावनप्रासभन्दा गुणस्तरीय छ, सस्तो पनि छ,’ उनले भने, ‘विद्यार्थीहरुको श्रमबाहेक च्यवनप्रास उत्पादनका लागि ९० हजार रुपैया खर्च भएको त्यो लगानी विद्यार्थीहरुबाटै गरिएको हो ।’

उत्पादनको अगुवाई गरेका विद्यार्थी दिनेश आचार्यले किताबमा पढेर मात्रै ज्ञान हासिल नहँुने हुँदा पढेको कुरालाई व्यवहारमा उतार्न अध्ययापकहरुको सहयोगमा उत्पादन गरिएको बताए । उनले पहिलो उत्पादनका लागि डेढ महिना लागेको बताए ।

आचार्यले विद्यार्थीले उत्पादन गरेको च्यावनप्रासको मूल्य प्रतिकेजी ६ सय ५० रुपैया रहेको जानकारी दिए । उनले त्यही प्रकारको बजारमा पाइने च्यवनप्रासको प्रतिकेजी ११ सय रुपैयाँ रहेको बताए । विद्यार्थी दीपा रावतले प्रयोगात्मक अध्यासबाट उत्पादन गरिएको बताइन । ‘सिकाइलाई विश्वासमा लैजान यो प्रयास गरेका हौ,’ रावतले भनिन्, ‘किताबी ज्ञानले मात्रै सिकाई हुँदो रहेनछ ।’ 

विश्वविद्यालय आयुर्वेेद विद्यापीठका प्राचार्य प्राडा सुनिल कुमारले च्यवनप्रास उत्पादनका लागि कच्चापदार्थको समस्या रहेको भन्दै पिद्यापीठमा अहिले उत्पादन भएको च्यवनप्रास गुणस्तरीय भएको दाबी गरे । 

जडिबुटी प्रशोसन केन्द्रको स्थापना भएमा र क्याम्पसमा जडिबुटी उद्यान भएमा उत्पादनलाई नियमित गर्न सकिने उनले बताए । उनले अहिले उत्पादन भएको च्यवनप्रास बजारमा पठाइने बताए । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विद्यार्थीहरुले राम्रो कामको सुरु गएको भन्दै यसको बजारीकरण र उत्पादनमा नगरले सहयोग गर्ने बताए । उनले भने उत्पादनलाई बढाउनुहोस, गुणस्तरीय बनाउनु होस बजार उपमहानगरले बनाई दिन्छ, यसमा चिन्दा नलिनुहोस । दाङको बेलझुण्डी क्षेत्र जडिबुटिको केन्द्रका रुपमा विकास गर्ने योजना नगरले अघि सारेको भन्दै यसलाई विश्वविद्यालयले साथ दिनु पर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.