इरानविरुद्ध शानदार जितसहित नेपाल हिरो कपको फाइनल नजिक

इरानविरुद्ध शानदार जितसहित नेपाल हिरो कपको फाइनल नजिक

काठमाडौँ : बलियो टोली इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाली महिला फुटबल टोली भारतमा जारी हिरोकपको फाइनल नजिक पुगेको छ ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा भएको जित्नै पर्ने खेलमा फिफा वरियताको १०६ औं स्थानको नेपालले ६० औं वरियताको बलियो टोली इरानलाई ३-० ले हराएको हो ।

नेपालको प्रभावशाली जितमा पहिलो गोल खेलको ४१ औं मिनेटमा अनिता बस्नेतले गरिन् । नेपालको जितमा थप दुई गोल स्ट्राइकर साबित्रा भण्डारीले गरिन् । उनले खेलको दोस्रो हाफमा दुवै गोल गरिन् ।खेलको ५९ औँ र ८९ औं मिनेटमा साबित्राले गोल गर्न सफल भइन् । 

हिरो कपमा साबित्राले चार गोल गरिसकेकी छन् । सावित्राले बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध पनि दुई गोल गरेकी थिइन् ।

आफ्नो पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको थियो । नेपालले त्यसयताका दुवै खेलमा जित निकालेको छ। लगातार दुई खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएकाले नेपालले फाइनलको सम्भावना बलियो बनाएको हो । 

नेपालले अब फाइनलका लागि स्थान पक्का गर्न आजै (बुधबार) हुने म्यानमार र आयोजक भारतबीचको खेलको नतिजा कुर्नुपर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.