आइस भट्टराईको सतक

आइस भट्टराईको सतक

भक्तपुर : भक्तपुरमा जारी विद्यालयस्तरीय १२ औं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा जेम्स स्कुलका व्याट्सम्यान आइस भट्टराईले एकसय एक रन बनाउँदै सतक पूरा गरेका छन्।

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार आइसले ग्यालेक्सीविरुद्ध सतक प्रहार गरेका हुन्।

उनको सतक प्रहारसँगै जेम्सले ग्यालेक्सीलाई ४५ रनले हराएको छ। बुधबारको जीतसँगै जेम्सको क्वार्टरफाइनल पुग्ने सम्भावना बढेको छ। मंगलबार भएको पहिलो खेलमा समेत जीत निकालेको जेम्स स्कुल रहेको समूह डीमा पाँच स्कुल रहेका छन्।

उक्त खेलमा टस हारेर व्याटिङमा ओर्लेको जेम्सले २० ओभरमा ६ विकेट गुमाएर एकसय ५१ रनको योगफल तयार गरेको थियो। जसमा उक्त खेलका म्यान अफ द म्याच बन्न सफल आइसले ७४ बलको सामना गरेर १३ चौका प्रहार गर्दै एकसय एक रन जोडे।

त्यस्तै सुजल ओलीले १६ रनको योगदान गरे। अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ ग्यालेक्सीका हृदय गिरीले दुई र असिम केसी तथा दावा शेर्पाले एकएक विकेट लिए।

जवाफी व्याटिङमा ओर्लेको ग्यालेक्सी २० ओभरमा एकसय ६ रनमै अल आउट भए। उसको लागि दावा शेर्पाले २६, प्रतीक शाहले १३ र हृदय गिरी १२ रनको योगदान दिए।

बलिङतर्फ जेम्सका अर्पण अधिकारीले दुई र शुभम बस्नेत र आयुष उपाध्यायले एकएक विकेट लिए। त्यस्तै बुधबार नै भएको अर्को खेलमा डीउभीले ज्ञान निकेतन स्कुललाई नौ विकेटले हराएको छ।

टस जितेर व्याटिङमा ओर्लेको ज्ञान निकेतनले १२.१ ओभरमा अल आउट हुँदै ३५ रनमात्रै जोडेको थियो। उसका कुनै पनि व्याट्सम्यानले दुई अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ भने डीउभीका सौरभ श्रेष्ठले पाँच रनको क्षतिमा तीन विकेट झारे। सौरभ उक्त खेलको म्यान अफ द म्याच घोषित हुने सफल भए। अर्पित खेतानले पनि सात रन दिएर अर्को तीन विकेट झारे। दुई विकेट भने आशिष शाहले लिए।

जवाफी व्याटिङमा आएको डीएभीले ४.२ ओभरमै एकमात्रै विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। उसको लागि रोनक गोयल र मोहम्मद समीर अन्सारी नटआउट क्रमशः १२ र ६ रनको योगदान दिए।

बलिङतर्फ डीउभीका विकास रावलले मात्रै एक विकेट लिन सफल भए। प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका १७ वटा विद्यालयहरुको सहभागिता रहेको छ।

सैनिक महाविद्यालयका खेलकुद इन्चार्ज रञ्जित राणाका अनुसार बिहीबार पहिलो खेल हर्टल्याण्ड र त्रियोग तथा दोस्रो खेल राजन मेमोरियल र सेन्ट जेभियर्सबीच हुनेछन्।

 
विद्यालयस्तरीय १२ औं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा बुधबार जेम्सविरुद्ध व्याटिङ गर्दै ग्यालेक्सीका व्याट्सम्यान। तस्बिर : ईश्वरकाजी खाइजू
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.