दार्चुला महोत्सवमा स्थानीय कलाकार प्रस्तुति
दार्चुला : खलंगामा जारी दार्चुला महोत्सवमा स्थानीय कलाकारले विशेष प्रस्तुति दिएका छन्।
‘अपि नाम्पा, चौलानी र महाकालीको काख, कैलाश, मालिकार्जुनको आगँन, दार्चुलाको शाख’ भन्ने नाराका साथ माघ २५ गतेदेखि सुरु भएको महोत्सवमा बुधबार स्थानीय कलाकारले प्रस्तुति दिएका हुन्।
स्थानीयसँगै सुदूरपश्चिमका कलाकारले प्रस्तुति दिएका हुन्। स्थानीय कलाकारलाई उपेक्षा नगरी समग्र सुदूरपश्चिमको कला संस्कृतिको जर्गेना गर्न कलाकारलाई प्राथमिकता दिएको दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुन्नाले जानकारी दिए।
महोत्सवमा बुधबार बाल गायिका धौली सामन्त, वीरेन्द्र जोहारीलगायतले आफ्नो प्रस्तुति दिए।
महोत्सवमा प्रत्येक दिन दोहोरी गीतको प्रस्तुति राखिएको छ। होत्सवमा जिल्लामा मात्रै बसोबास गर्ने सौका समुुदायको मौलीक संस्कृति भेषभुषाको प्रर्दशन, दुहु, मार्मा, मल्देश, लेकम र ब्यास क्षेत्रको मौलिक भेषभुषा र संस्कृतिको प्रर्दशनी गरेको छ।