प्रोक्वालिफायरको तयारी पूरा

प्रोक्वालिफायरको तयारी पूरा

काठमाडौं : नेपालमा पहिलोपटक आयोजना हुन लागेको शारीरिक सुगठन खेलको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिस्टर ओलम्पिया’को नेपाल छनोट ‘प्रो क्वालिफायर’को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक अन्तर्राष्ट्रिय व्यावसायिक शारीरिक सुगठन (आईएफबीबी) लिग नेपालले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाएको हो।

प्रतियोगिताका लागि आईएफबीबीका निर्णायकहरू ब्रायन बोन्डी र स्टिन बोन्डी नेपाल आइसकेका छन्। यसैगरी प्रतियोगितामा सहभागी हुने खेलाडीहरू पनि नेपाल आउने क्रम जारी रहेको आईएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङले जानकारी दिए। प्रतियोगिता यही शुक्रबार र शनिबार कमलादीस्थित एकेडेमी हलमा आयोजना हुँदै छ।

‘प्रतियोगिताको अन्तिम तयारी पूरा गरेका छौं। प्रतियोगिता सञ्चालन गर्न आईएफबीबी लिगबाटै निर्णायकहरू पनि आइसक्नुभएको छ’, पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भने, ‘साथै प्रतियोगितामा सहभागी हुने खेलाडीको आउने क्रम पनि जारी छ।’ उनका अनुसार प्रतियोगितामा विभिन्न १५ देशका खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्।

प्रतियोगितामा भारत, पाकिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइनलगायत देशका खेलाडी सहभागी हुनेछन्। आयोजकले दिएको जानकारीअनुसार शुक्रबारसम्म खेलाडीहरूले आफ्नो नाम दर्ता गराउन सक्ने छन्। सोही दिन खेलाडीहरूको नाप र तौल पनि लिइने छ। शनिबार बिहान ८ बजेबाट प्री जजिङ राउन्ड सुरु हुने छ भने दिनको १ बजेपछि अन्तिम चरणको प्रतिस्पर्धा सुरु हुने छ।

प्रतियोगितामा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र वुमन फिजिक गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने छ। यी चार क्याटेगोरीमा पहिलो हुने एक÷एकजना खेलाडीले प्रो कार्ड जित्दै यसै वर्ष अमेरिकाको लस भेगासमा आयोजना हुने मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन्। प्रतियोगितामा नेपाली खेलाडीको समेत सहभागिता रहने छ।

प्रतियोगितामा गेस्ट पोजरका रूपमा सहभागी हुन शारीरिक सुगठन खेलमा सबैभन्दा ठूलो शरीर भएका खेलाडी रोली विंकलार पनि नेपाल आउँदै छन्। विंकलार बिहीबार नेपाल ओर्लने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.