प्रदेशकाे स्थापना दिवसमा मुख्यमन्त्री सडक सफाई गर्दै

प्रदेशकाे स्थापना दिवसमा मुख्यमन्त्री सडक सफाई गर्दै

बुटवल : पाँच नम्बर प्रदेशको स्थापना दिवस अवसरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग सफाई गरिएको छ। पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म एकै साथ राजमार्ग सफाई थालिएको हो।

मुख्यमन्त्री शंकर पोखरेलले नै सरसफाई अभियानको नेतृत्व गरेका थिए। बुटवलको पाखापानीबाट कुचो बोकेर फोहोर उठाउँदै करिब एक किलोमिटर सफाई भएको हो। प्रदेश सरकारले बुटवलको चारै नाकाबाट सफाई अभियान सुरु गरेको थियो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले सहर सफाई भइरहे पनि राजमार्ग फोहोर बन्दै गएको भन्दै सबै स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाई अभियानमा जुट्न आग्रह गरे।

राजमार्ग र बन क्षेत्रमा जे गरे पनि हुन्छ भन्ने मनोबृत्तिका कारण सडकहरु फोहोर थुपार्ने थलो भएको भन्दै उनले त्यसलाई हटाउनुपर्ने बताए। सरसफाईका क्रममा मुख्यमन्त्रीले आफ्नो घर अगाडि फोहोर भएका स्थानीयलाई सफाई गर्न आग्रह गरेका थिए। घर सफा राखेर बाटो र खोल्सामा फोहोर नफाल्न उनले आग्रह गरे।

प्रदेश सरकारले पहिलो स्थापना दिवस फागुन ३ गते मनाउँदैछ। बुटवल उपमहानगरको समेत स्थापना दिवस रहेकाले सरसफाई अभियानमा समन्वय गरिएको थियो। सरसफाईमा नेपाली सेना, शसस्त्र, जनपद प्रहरी, स्वयमसेबिका, स्थानीय तथा जनप्रतिनिधिहरुको सहभागिता छ।

प्रदेश सरकारले पहिलो स्थापना दिवसमा फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरे। फागुन ३ गते बिहान बुटवलमा प्रभातफेरि हुदैछ भने दिउसो विशेषसमारोहको आयोजना गरिएको छ। प्रदेश प्रमुख उमाकान्त झाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन्। फागुन ३ गते प्रदेश सरकारले सार्बजनिक बिदा दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.