मुख्यमन्त्री राउतले गरे छात्रालाई साइकल वितरण

मुख्यमन्त्री राउतले गरे छात्रालाई साइकल वितरण

राजविराज : प्रदेश नम्बर २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बुधबार साँझ सप्तरीमा साइकल वितरण गरिएको छ। सप्तरीको बलान बिहुल गाउँपालिकामा मुख्यमन्त्री लालबाबु राउतले छात्राहरुलाई साइकल वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका हुन्।

विद्यालयमा नियमित उपस्थित हुने छात्राहरुलाई साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए। उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै सामाजिक रुपान्तरणका लागि छोरासरह छोरीको व्यक्तित्व विकास गर्ने अभियान आवश्यक रहेको बताए।


बलान बिहुल गाउँपालिकास्थित जागेश्वर गहराई जनता मावि सेहरा रौतहट विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा त्यस क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययन गर्ने ७० छात्रालाई साइकल वितरण गरिएको छ। छात्रालाई विद्यालय जान हौसला र अन्य विद्यालयलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको हो। 

छोरीहरु जन्मिने बित्तिकै अब लखपति भएर जन्मिने बताउँदै मुख्यमन्त्री राउतले महिला सशक्तिकरणका लागि प्रदेशमा माघदेखि जन्मिने छोरीहरुका लागि एक लाख रुपैयाँको शिक्षा बीमाको नीति सुरु गरिएको जानकारी दिए। बीमा कम्पनीसँगको साझेदारीमा छोरीहरुको शिक्षा बीमा नीति ल्याइएको मुख्यमन्त्री राउतले बताए।


प्रदेश २ मा महिला शिक्षाको स्तर सबैभन्दा कमजोर रहेकोले स्तर उकास्नका लागि छोरीले पढ्ने वातावरण राम्रो बनाउन उनीहरूलाई साइकल वितरणलगायत विभिन्न कार्यक्रम सुरु गरिएको अभियानकी प्रमुख प्रियंका यादवले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.