कैदी फरार प्रकरण : सिपाहीलाई निलम्बन, असइ तानिए

कैदी फरार प्रकरण : सिपाहीलाई निलम्बन, असइ तानिए

भैरहवा : रुपन्देहीको भैरहवास्थित बालसुधारगृहबाट एकै साथ ६ जना कैदी–थुनुवा फरार प्रकरणमा दुई जना प्रहरीलाई विभागीय कारबाही गरिएको छ । कैदी–थुनुवा फरार हुने समयमा ड्युटीमा रहेका सिपाहीद्वय नारायण कुँवर र घनश्याम बनियाँलाई ड्युटीमा लापरवाही गरेका कारण ६ महिनाका लागि निलम्बित गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए । त्यस्तै, गृहको सुरक्षा कमान्डर (इन्चार्ज) प्रहरी सहायक निरीक्षक (असइ) टेकबहादुर क्षत्रीलाई पनि कारबाहीस्वरूप जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा तानिएको छ । उनको स्थानमा राघव भट्टसहित तीन जना सुरक्षाकर्मी सुधारगृहमा थप गरिएको छ ।

फरार हुने समयमा कारबाहीमा परेका सिपाहीद्वय थुनुवा कक्षअगाडि र पछाडि ड्युटीमा खटिएका थिए । तर, उनीहरू फरार हुने बेला प्रहरीले सुइँको समेत पाएन । सोमबार राति करिब १२ बजे आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको बीचमा रहेको खाली स्थानबाट कैदी फरार भएका थिए । गृहमा १८ वर्षमुनिका पुरुष कैदी–थुनुवालाई राख्ने गरिएको छ । कैदी–थुनुवा फरार हुनुमा सुधारगृह र प्रहरी दुवैको कमजोरी देखिएको छ ।

फरार हुनेमा चार जना चोरी मुद्दा र दुई जना जबर्जस्ती करणी मुद्दाका कैदी–थुनुवा रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ । फरार हुनेमा विभिन्न जिल्लाको अदालतबाट कैद र जरिवाना सजाय फैसलाअन्तर्गत ३ जनाले कैद सजाय भुक्तान गरिरहेका थिए भने ३ जना अदालतमा विचाराधीन रहेको मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।

सुधारगृहमा रहेका कैदी र थुनुवा बालमैत्री वातावरणअन्तर्गत घाम ताप्न कोठाबाट बाहिरसमेत निकाल्ने गरिएको थियो । बाहिर निस्किँदा सबैतिर राम्ररी अवलोकन गरेका उनीहरूले कमजोरी पत्ता लगाएका थिए । जसअनुसार उनीहरूले योजना बनाएर सुधारगृहबाट फरार भएको देखिएको बालसुधार गृह रुपन्देहीकी प्रमुख सुभद्रा गौतमले बताइन् । बालसुधारगृह कारागारजस्तो छैन । एउटा घरमा बनाइएको सुधारगृहमा कैदी–थुनुवाका लागि कोठा र सुत्ने राम्रो व्यवस्थापन गरिएको छ ।

त्यस्तै, घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका डिल्लीबहादुर मल्लको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी ५ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिका अनुसा फरार हुनेले मोबाइल प्रयोग नगरेका कारण फेला पार्न कठिन भएको हो ।

सरकारले ऐन ल्याउने तर पूर्वाधार नहुँदा कारागारमा यस्ता समस्या निम्तिने गरेको सरोकारवालाहरू बताउँछन् । सुधारगृहमा सुरक्षाकर्मी हतियारबिना र सादा पोसाकमा खटिनुपर्ने हुन्छ । सरकारले ऐन ल्याउने तर पूर्वाधार व्यवस्थापन नहुँदा पनि ‘कारागार’ मा यस्ता समस्या निम्तिने गरेको सरोकारवालाहरूको भनाइ छ ।

सुधारगृहमा सजाय भुक्तान गरिरहेका २६ कैदी र पुर्पक्षका लागि ४६ थुनुवा छन् । जसमध्ये ६८ स्वदेशी र ४ विदेशी नागरिक रहेको बालसुधारगृह रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार जबर्जस्ती करणी, लागुऔषध, चोरी, कर्तव्य ज्यानलगायत कैदी र थुनुवा सुधारगृहमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.