उत्पादन बढेमात्र व्यापार घाटा घटाउन सकिन्छ : राष्ट्रपति भण्डारी

उत्पादन बढेमात्र व्यापार घाटा घटाउन सकिन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि स्वदेशमा उद्योगधन्दामा लगानी गर्न आवश्यक भएको बताएकी छन्।

नेपाल उद्योग परिसंघ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको ‘नेपाल उद्यमशीलता सम्मेलन’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उद्योगको विकास हुन सके मात्र वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन सकिने बताइन्।

नेपालमै दिगो र उचित विकास गर्न आयात प्रतिष्ठान र निर्यात बढाउन सकिने उनको भनाइ थियो। ‘उद्योगले प्रतिष्पर्धाको क्षमता बढाउनुपर्छ,‘उनले भनिन्,‘उत्पादन बढाउन सके मात्र व्यापारघाटा कम गर्न सकिन्छ।’

राष्ट्रपति भण्डारीले तीनतहको योजना र कार्यक्रमबाट नै चुलिएको व्यापारघाटा कम गर्न सकिने बताइन्। ‘उत्पादन बढाउन उद्यमशीलता अपरिहार्य भइसक्यो’ उनले भनिन्। युवालाई उद्यमी बनाउन सरकारले आवश्यक ऐन, कानुन बनाउनुपर्नेमा उनले जोड दिइन्।

शान्ति र संमृद्विको सपना साकार पार्न उत्पादन र उत्पादकत्व बढाउन सरकारले ढिला गर्न गर्न नहुने उनको भनाइ छ। नवीन सोच र प्रविधि आत्मासात गर्ने युवालाई स्वदेशमै रोक्न लगानीमैत्री वातावरण बनाउनुपर्छ ’ उनले भनिन्। उद्यमशीलताले रोजगारी तथा स्वरोजगारी सिर्जना हुनुका साथै आर्थिक विकासमा टेवा पुग्ने भएकाले सबैको प्राथमिकता औद्योगिक विकास हुनुपर्ने बताइन्।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले संमृद्व नेपाल र सुखी नेपाली सपना साकार पार्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर भएको बताए। उद्योगी, सरकार एकजुट भएर देशको आर्थिक विकासमा जोड दिनुपर्ने उनले बताए। ‘अहिलेको अवस्थामा कोही पनि विभाजित हुनुहुदैँन, सरकार र उद्योगी हातेमालो गरेर नै अघि बढ्नुपर्छ’ उनले भने।

अबको नेपालको अर्थतन्त्र आयातमुखी नभई निर्यातमुखी हुनुपर्ने मन्त्री यादवले बताए। व्यापारघाटा कम गर्न उत्पादन बढाउनुको विकल्प नभएको उनको भनाई थियो।नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्यमशीलताको विकासमा टेवा पु¥याउन सम्मेलनको आयोजना गरिएको बताए। ‘व्यापारघाटामा व्यापक असन्तुलन छ, यसलाई घटाउन सबैले उद्यमशीलतामा जोड दिनुपर्छ।’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.