बाबुरामले भने : म दौडिएको छु, अरु पार्टी पनि छिटो आउनुस्

बाबुरामले भने : म दौडिएको छु, अरु पार्टी पनि छिटो आउनुस्

बेसीसहर : नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको समृद्धि र विकासका लागि आफू छिटो छिटो दौडिन चाहेको बताएका छन् । 

पार्टीको मध्यपहाडी लोकमार्ग जनसंवाद कार्यक्रम अन्र्तगत विहीबार लमजुङको सुन्दरबजारमा सम्बोधन गर्दै भट्टराईरले आफू अगाडि दौडिसकेकाले अरु पार्टीलाई पनि छिटो अगाडि आउन आग्रह गरे । 

‘कसैलाई बाबुराम भाग्यो भन्ने लागेको होला, म भागेको होइन, अलि छिटो छिटो दौडिएको हो’, भट्टराईले भने, ‘म अघि बढिसकेँ, अरुलाई पनि अगाडी आउन आग्रह गर्छु ।’

उनले आग्रह पूर्वाग्रह नराखी सबै मिलेर अघि बढ्नुपर्ने बताए । ‘हामी हिजोको मूल्यमान्यतासँग टाँसिनु हुँदैन । जब संसार गतिशील छ भने हामी विचार, राजनीति र पार्टीलाई एउटा धर्मजस्तो बनाउनु हुँदैन’, भट्टराईले भने, ‘पार्टी भनेको विचार हो । विचार भनेको समय र एजेण्डाअनुसार निर्देशित, गतिशिल र परिवर्तनशिल हुन्छ ।’ 

विकासका सम्भावना र यसका समस्याहरु खोज्न आफ्नो पार्टीले मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान सञ्चालन गरेको उनले बताए । आफू अर्थमन्त्री भएकै बेला मध्यपहाडी लोकमार्ग निर्माण थालिएकाले लोकमार्ग निर्माणको कामको अध्ययन गर्न यो अभियान उपयोगी भएको भट्टराईले बताए । 

उनले मध्यपहाडी लोकमार्गको काममा अवरोध गर्न स्थानीयलाई आग्रह पनि गरे । ‘बरु चार लेनको ठाउँमा २ लेन बनाउनुस् तर, अवरोध नर्गनुस्’, भट्टराईले भने, ‘लोकमार्ग रोकिँदा समृद्धि नै रोकिन्छ । विकासमा पछि परिन्छ ।’ उनले स्थानीय सरकारलाई सडक र शिक्षा पहिलो प्राथमिकता दिएर काम गर्न आग्रह गरे । 

नयाँ शक्तिले बैतडीको पाँचथरको चिवाभञ्ज्याङदेखि झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमा जनसंवाद यात्रा सुरु गरेको हो । माघ १५ गते पूर्वको चिवा भञ्ज्याङबाट सुरु भएको जनसंवाद यात्रा फागुन १५ गते पश्चिम बैतडीको झुलाघाटमा पुगेर समापन हुनेछ ।

विहीबार लमजुङको सुन्दरबजार, तनहुँको मानेचौका, लमजुङको दुईपिप्ले, भोर्लेटार र कास्कीको तालबेसीमा कोणसभा, भेटघाट, अन्तरक्रिया लगायत कार्यक्रम गरिने नयाँशक्तिले जनाएको छ । 

अभियानको लमजुङ कास्की यात्रामा भट्टराई पत्नी हिसिला यमी, गण्डकी प्रदेश संयोजक देवेन्द्र पराजुलीसहित प्रदेश सांसद, नेता तथा कार्यकर्ताहरुको सहभागिता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.