परराष्ट्र नीतिबारे ओलीको नारा, 'सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता'

परराष्ट्र नीतिबारे ओलीको नारा, 'सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता'

काठमाडौं : बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै सरकार गठन भएको एक वर्षको अवधिमा छिमेक नीति र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको बताएका छन्। 

ओलीले सरकारले 'सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता’ नाराका साथ परराष्ट्र सम्बन्ध सुमधुर बनाएको बताएका हुन्। उनले विश्वमा देखिने गरी आफ्ना भनाइ अघि सार्दै सन्तुलित परराष्ट्र नीति अघि बढाएको दाबी गरेका छन्। उनले अन्तर्राष्ट्रिय जगतमा नेपालप्रतिको विश्वास र आकर्षण बढेको विश्वाससमेत व्यक्त गरेका छन्। 

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार र पोल्याण्ड भ्रमण सफल भएको र उपराष्ट्रपतिले १७ औं पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलामा सहभागीता जनाएको उल्लेख गरेका छन्। 

‘मेरो भारत भ्रमण र भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणबाट दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ’, उनले भने, ‘दुई मुलुक बीचका केही थाती रहेका समस्या समाधान हुँदै गएका छन्।’ 

उनले भारतको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनले गति लिएको विश्वास व्यक्त गरे। दुई देशबीच कृषि, रेलमार्ग र अन्तरदेशीय जलमार्गका क्षेत्रमा सहयोग अघि बढाउने सहमति हुनुका साथै थप सहयोगका क्षेत्र विस्तार भएको बताए। 

ओलीले चीन भ्रमणको अवसरमा चीनका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भएका महत्वपूर्ण भेटघाट एवम् वार्ताबाट रेल्वे, कनेक्टिभिटी र ऊर्जा क्षेत्रसँग सम्बन्धित आयोजनामा सहयोग आदान प्रदान गर्नेविभिन्न १४ समझदारी तथा सम्झौता भएको स्मरण गरेका छन्। 

सँगै ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गरेको र विश्व शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकार र दीगो विकासलगायतका विषयमा नेपालको धारणा राखेँको सम्झना गरे। ‘हामी आफैँले नेतृत्व गरेको मौलिक प्रकृतिको शान्ति प्रक्रिया आधारभूत रुपमा टुङ्गिएको मैले स्मरण गराएँ’ उनले भने, ‘नेपालको यो अनुभव, द्वन्द्वमा फसेका मुलुकहरूका लागि अनुकरणीय सन्दर्भ हुनसक्ने विश्व जनमत रहेको मैले पाएँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.