घनश्याम ‘परिश्रमी’ को प्रेममय एकल गजल प्रस्तुति

घनश्याम ‘परिश्रमी’ को प्रेममय एकल गजल प्रस्तुति

नेपालगन्ज :

‘‘प्रेम हो खुसी, प्रेम त्रासदी

प्रेम रोग हो, प्रेम औषधि...’’

वरिष्ठ गजलकार घनश्याम न्यौपाने ‘परिश्रमी’ले बिहीबार नेपालगन्जमा वाचन गरेको गजलको शेर हो, यो। भ्यालेन्टाइन्स डेकै दिन सर्वदा साहित्य संगमले गजलकार ‘परिश्रमी’ लाई एकल गजल प्रस्तुतिका लाडि डाकेको थियो। ६१ बसन्त टेकेका परिश्रमी २५ वर्ष अघि लेखेर अडियो रेकर्ड भइसकेको भन्दै अर्को गजलमा भने टिनएर्जर झैं प्रस्तुत भए :

‘छ के–के लुकेको सजल ती नयनमा

म देखिरहे छु गजल ती नयनमा

मलाई यहाँसम्म पो घच्घघच्यायौ

खोजे प्रेमको ताज महल ती नयनमा...’’

उनले एकल प्रस्तुतिका अधिकांश गजलहरु प्रेमसँग सम्बन्धित थिए। सर्वदा साहित्य संगमले गजलकार परिश्रमीलाई नेपाली भाषा, साहित्य र गजलको विकासको योगदान पुर्‍याएको भन्दै ‘षष्टिपूर्ति अभिनन्दन’ गरेको थियो। संस्थाले ६० वर्ष पूरा गरेका श्रष्टालाई अभिनन्दन गर्ने परम्परा बसालेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनद रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य हरि तिमिल्सैना, संस्थाका अध्यक्ष खगेन्द्र गिरी ‘कोपिला’ले संयुक्त रुपमा अभिनन्दन गरेका थिए। बहरमा गजल लेख्ने गजलकार परिश्रमीको एकल गजल प्रस्तुति राखिएको थियो।

कार्यक्रममा अध्यक्ष कोपिलाले परिश्रमीको व्यक्तित्वबारे जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.