अपडेट : भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या

अपडेट : भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या

जाजरकोट/रूकुमकोट ः नेपालगञ्जबाट रुकुमको राडीबजारतर्फ गइरहेको भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस जाजरकोट भेरी-१ रिम्नस्थित कुइनेउटा भीरमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । 

यो दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते ९ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सामान्य घाइते भएका अन्यको रिम्नमा प्राथमिक उपचार भइरहेको छ ।

मृत्यु हुनेमा डोल्पा जिल्लाका मीनबहादुर बोहरा रहेको घटनास्थलमै रहेका प्रहरी निरीक्षक केशर कार्कीले जानकारी दिए । अनय तीनजना मृतकको पहिचान खुल्न सकेको छैन । 

ती जनाको शव निकालिसकिएको छ भने एकजना गाडीमुनि मृत भएपनि निकाल्न नसकिएको कार्कीले बताए । दुर्घटनामा केही यात्रु हराइरहेको हुन सक्ने आशंका गरेर खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । तर दुघर्टनास्थलमा भीषण पानी परिरहेको र अँध्यारो भएकोले खोज तथा उद्दारमा कठिनाई भएको उनले बताए ।

 भेरी–१ रावतगाँउबाट एक महिला र ८ पुरुष तथा तीनजना स्टाफ गरी ११ जनाको चलानी लिएर गएको बसले बाटोमा अरु यात्रु थपेको अनुमान छ । घाइतेहरुका अनुसार बसको ब्रेक फेल भएर भेरीमा खसेको थियो । 

बसको आधा भाग भेरीमा डुबेको छ । उद्दारका लागि भेरी नगरपालिकाका मेयर सीपी घर्तीमगरसहित नगरपालिकाको टोली, नेपाली सेना,स शस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दा घटनास्थल पुगिसकेका छन् । घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दुरीमा पर्छ ।
 

-


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.