नेपालमा महिला क्रिकेटको पनि फ्रान्चाइज लिग

नेपालमा महिला क्रिकेटको पनि फ्रान्चाइज लिग

काठमाडौं : नेपालमा महिला क्रिकेटको पनि फ्रान्चाइज प्रतियोगिता हुने भएको छ। पोखरा प्रिमियर लिग (पीपीएल) आयोजक कम्पनी क्विन्स इभेन्ट म्यानेजमेन्टले नेपालमा महिला क्रिकेटको पहिलो फ्रान्चाइज क्रिकेट प्रतियोगिता वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) घोषणा गरेको हो।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चैतको २२ देखि ३० गतेसम्म सञ्चालन हुनेछ। आयोजक कम्पनीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो। ‘महिला क्रिकेटको विकासमा योगदान पुगोस् भन्ने उद्देश्यले हामीले वुमन्स च्याम्पियन्स लिगको तयारी गरेका हौं’, पत्रकार सम्मेलनमा क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले भने, ‘प्रतियोगिता र प्रतियोगिताको मिति तय भरिसकेको छ। बाँकी कुरा पछि सार्वजनिक हुनेछन्।’

उनका अनुसार प्रतियोगितामा विभिन्न सहरमा आधारित पाँच टोलीको सहभागिता रहने छ। यद्यपि सहर, टोली र टोली मालिकको नाम भने खुलाइएको छैन। यस्तै कम्तीमा पहिलो संस्करणका लागि विदेशी खेलाडीको सहभागिता हुने छैन। विदेशी खेलाडी भित्र्याउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मान्यता आवश्यक हुने र त्यसका लागि ठूलो रकम तिर्नुपर्ने भएपछि पहिलो संस्करणलाई नेपाली खेलाडीलाई मात्रै सहभागी गराइएको प्रबन्ध निर्देशक लामाले बताए। टोलीमा सहभागी हुने खेलाडीको छनोट भने अक्सन वा ड्राफ्टमध्ये एक विधिबाट गरिने उनले बताए।

कार्यक्रममा महिला टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले प्रतियोगिताको घोषणाले महिला क्रिकेटरका लागि ठूलो प्रोत्साहन मिलेको बताइन्। ‘यो राम्रो सुरुआत हो। हाम्रा लागि ठूलो प्रोत्साहन हो’, कप्तान रुविनाले भनिन्, ‘यसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा थप सशक्त प्रदर्शन गर्नसमेत प्रेरणा मिल्नेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.