उखुबारीमा जलाइएको अवस्थामा बालिकाको शव फेला

उखुबारीमा जलाइएको अवस्थामा बालिकाको शव फेला

जनकपुर : धनुषामा ९ वर्षीया बालिकको शव उखुबारीमा जलाइएको अवस्थामा फेला परेको छ ।  मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देवनारायण रसाइलीकी ९ वर्षीया छोरी रेश्मा रसाइलीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले जानकारी दिएका छन् ।

गाउँभन्दा ५०० मिटर पर रहेको उखु काटिसकेको खेलमा उखुका पातले जलाएको अवस्थामा बिहीबार बिहान बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । 
प्रहरीकाअनुसार रेश्मा बुधबार बेलुका गाउँमा रहेको बिहेमा नाचिरहेकी थिइन् । अभिभावकले  बिहेमै होली भन्ने ठानेर मतलब गरेका थिएनन् । बुधबार बिहान उखुबारीमा उनको शव भेटियो। 

घटनाबारे  पत्रकार सम्मेलनमार्फत जनकारी दिँदै  प्रहरी ।  तस्बिरः राजकरण महतो

बालिकालाई कसैले बिहेघरबाट उठएर लगी बतात्कारपछि हत्या गरेको प्रहरीको अनुमान छसंघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरका एसएसपी शेखर कोइराला, जनकपुर अञ्चल अस्पलतालका डाक्टर केडी दाससहितको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाइ अञ्चल अस्पताल जनकपुरमा ल्याएको थियो । अहिले बालिकाको शव पोष्टमार्टमका लागि पठाइएको छ । 

हेटौंडाबाट विषेश किसिमको कुकर ल्याइ अनुसन्धान भइरहेको र हत्यारा छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

  कक्षा २ मा पढ्दै गरेकी रेश्मा सुस्त मनस्थितिकी रहेको बताइएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.