भिभो भी १५ प्रो ३२ एमपी क्यामराका साथ

भिभो भी १५ प्रो ३२ एमपी क्यामराका साथ

काठमाडौं : चिनियाँ स्मार्टफोन मेकर भिभो आफ्नो भि सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ। कम्पनीले फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याउँदैछ।

हालै भिभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ। जसमा पप–अप सेल्फी क्यामरा राखिएको देखाइएको छ। यस्तो डिजाइनमा भिभोले यसअघि भिभो नेक्स स्मार्टफोन ल्याएको थियो। सोहि थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको कम्पनीले जनाएको छ। यो स्मार्टफोनमा सुपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ। यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ।

हालै अमेजन इन्डियाको अफिसियल ल्यान्डिङ पेजमा देखिएअनुसार भिभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुनेछ। सो पेजको जानकारीअनुसार स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिनेछ। भिभोले पहिलो पटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो। यसमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ।

यही फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भिभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सुपर एमोलेड फुल एचडी प्लस स्क्रिन छ। त्यसैगरि फोनमा स्न्यापड्रागन ६७५ चिपसेट हुनेछ भने ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.