प्रदेश २ : मन्त्रीलाई फुर्सद छैन्, राज्यमन्त्रीलाई काम छैन्

प्रदेश २ :  मन्त्रीलाई फुर्सद छैन्, राज्यमन्त्रीलाई काम छैन्

जनकपुरधाम: प्रदेश सरकारका राज्यमन्त्रीहरु कामविहीन भएका छन्। प्रदेश- २ मा सरकार गठन भएको एक वर्ष हुन लाग्दा पनि राज्यमन्त्रीले मन्त्रालयमा कामको जिम्मेवारी नपाएपछि गुनासो गर्न थालेका छन्। सरकार मातहत रहेको ६ वटा मन्त्रालयका ६ राज्यमन्त्रीमध्ये अधिकांशले कुनै कामको जिम्मेवारी नै पाएका छैनन्। 

मन्त्रीहरुले एकलौटी रुपमा कामको जिम्मेवारी आफू तहत नै केन्द्रित गरेपछि राज्यमन्त्रीहरु स-सानो सभा समारोह र संघसंस्था उद्घाटन कार्यक्रममा अतिथी बनेर चित्त बुझाउनु परेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत विभिन्न ७ वटा महाशाखा रहेका छन्। तर, ति सबै महाशाखाको काम मन्त्री नवल किशोर साहले आफ्नै जिम्मामा राखेका छन्। राज्यमन्त्री अभिराम शर्माले भने हालसम्म कुनै जिम्मेवारी नै पाएका छैनन्। 

त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सम्पूर्ण काम मन्त्री रामनरेश रायले आफैं हेर्दै आएका छन्। राज्यमन्त्री सुरेश मण्डललाई भने हालसम्म कुनै जिम्मेवारीनै दिइएको छैन्। मन्त्री राय मन्त्रालय कहिल्यै नआए पनि राज्यमन्त्री मण्डल भने प्रायः सधैं मन्त्रालय आउँछन् तर, उनले कुनै कामनै नपाएको हुँदा कार्यकर्ता भेटघाटमा समय बिताउनु परेको छ। 

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा मन्त्री जितेन्द्र सोनलले सबै जिम्मेवारी आफूमा राखेपछि राज्यमन्त्री डिम्पल झा कामविहीन भएकी छिन्। पद पाएपनि कामको जिम्मेवारी नै नपाएपछि राज्यमन्त्रीहरु निराश भएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल सम्बद्ध राज्यमन्त्री शर्मा, मण्डल र झाले पार्टी केन्द्रीय कमिटिमा आफ्नो जिम्मेवारीको विषयमा गुनासो गर्दै आएको स्रोतले जनाएको छ। 

आन्तरिक मामिला तथा योजना मन्त्रालयका राज्यमन्त्री सरोज सिंह कुशवाहा भन्छन्, 'कार्य विभाजको सन्दर्भ हामी सबै राज्यमन्त्रीले मुख्यमन्त्री लालबाबु राउतसमक्ष पटक पटक डेलिगेसनमा गएका छौं, तर उनले अहिलेसम्म आश्वासन मात्र दिएका छन्। 'हामीलाई जुन पदका लागि नियुक्त गरिएको छ त्यसको जिम्मेवारी पाउनु पर्छ,' राज्यमन्त्री कुशवाहाले थपे। 

प्रदेश सरकारले हालसम्म राज्यमन्त्रीलाई निवासको समेत व्यवस्था नगरेको कुशवाहाले जानकारी गराए। उनले भने, ,सानोतिनो काम कुनै कुनै राज्यमन्त्रीलाई दिइए पनि विशेष जिम्मेवारी भने दिइएको छैन्।'राज्यमन्त्री कुशवाहाले आफ्नो मन्त्रालय भित्र कारागार र संचार क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन्। मन्त्रीहरुलाई फुर्सद छैन्, राज्यमन्त्रीहरुलाई काम छैन, आर्थिक मामिला तथा योजना मन्त्रालयकी राज्यमन्त्री उषा कुमारी यादवले भनिन, 'जिम्मेवारी नपाउँदा राज्यमन्त्रीहरु थन्केर बस्नु परेको छ।'

केही मन्त्रालयहरुमा राज्यमन्त्रीसँग मन्त्रीले कुनै प्रकारको समन्वयनै नगरेको कारण योजना पनि अलपत्र परेको यादवले सुनाइन्। उनले भनिन्, 'जुन जिम्मेवारीका लागि राज्यमन्त्रीलाई नियुक्त गरिएको हो त्यो दिनु पर्छ।' आफ्नो मन्त्रालयमा आफूलाई हाल १० लाख देखि ५० लाख सम्मको रकम निकासा गर्ने नीति आयोगसँग समन्वय गर्ने र कृषिको फाइल हेर्नै जिम्मेवारी दिइएको राज्यमन्त्री यादवले बताएकी छिन्। 

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री योगेन्द्र राय यादवले मन्त्रालय अन्तर्गतको ६ वटा महाशाखा मध्ये मात्र एकको जिम्मेवारी पाएका छन्। उनले सो जिम्मेवारी लिनका लागि पनि निकै संघर्ष गर्नुपर्‍यो। पदभार सम्हालेको पाँच महिनापछि मात्रै उनले सहकारी महाशाखाको काम हेर्ने जिम्मेवारी लिखितम रुपमा पाए। राज्यमन्त्री यादवले भने, 'संघीय समाजवादी फोरम नेपाल सम्बद्ध राज्यमन्त्रीले पार्टीको निर्देशनअनुसार अहिले मन्त्रालयमा कुनै न कुनै जिम्मेवारी पाएका छन् ।'फोरम नेपालबाट प्रदेश सरकारमा राज्यमन्त्रीहरु सरोज सिंह कुशवाहा, उषा यादव र योगेन्द्र राय यादव रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.